नेपाली युवा टोली मलेसिया जाने

काठमाडौँ: आगामी मङ्सिर १७–२० सम्म मलेसियामा हुन लागेको ‘एसियन युथ च्याम्पियन कम्पिटिसन’मा भाग लिन नेपाली युवाको टोली मलेसिया जाने भएको छ ।

नेपाल पर्वतारोहण सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा युवा प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट पञ्चमाया तामाङ, रुसा प्रधान, पेम्बा शेर्पा र सन्तोष पाण्डे सहभागी हुने जानकारी दिइएको छ ।

सम्मेलनमा सङ्घका उपाध्यक्ष शान्तवीर लामाले नेपाल पर्वतारोहण सङ्घको तर्फबाट पहिलोपटक च्याम्पियनसिपमा भाग लिन पठाउन लागेको जानकारी दिँदै सहभागीलाई सफलताको कामना गरे ।

उनले विगत पाँच वर्षदेखि हुँदै आएको सो प्रतियोगितामा पहिलोपटक नेपालको प्रतिनिधित्व गराएर देशलाई चिनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा १८ वर्षमुनिका युवाको सहभागिता रहनेछ ।

प्रतियोगितामा एसियाका पाकिस्तान, हङकङ, भारत, कोरिया, जापानलगायतका १५ देशको सहभागिता रहने सङ्घले जनाएको छ । टोलीलाई सङ्घका उपाध्यक्ष लामाले नेपालको झन्डा र खादा ओढाएर बिदाइ गरेका थिए । रासस

मासिक राशिफल

You Might Also Like