हवाइ इन्धनको मूल्यमा दोब्बर वृद्धिः नीजी वायुसेवा कम्पनीद्वारा भाडा वृद्धि

काठमाडौँ, २४ कात्तिक । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्यमा दोब्बर वृद्धि गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले मङ्गलबारदेखि लागु हुनेगरी हवाई भाडादरसमेत बढाएका छन् ।

भारतको अघोषित नाकाबन्दीका कारण हवाइजहाजबाट इन्धन ल्याउनुपरेको भन्दै आयल निगमले आजदेखि हवाई इन्धनको मूल्य बढाएपछि नीजी आन्तरिक वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाइ भाडा बढाएका हुन् ।

यसअघि प्रतिलिटर ११८ रुपैयाँमा बिक्री गर्दै आएको हवाई इन्धनको मूल्य दोब्बर अर्थात २३३ पु¥याएको निगमले जनाएको छ । इन्धनको मूल्य बढेलगत्तै बसेको वायुसेवा सञ्चालक सङ्घको आज बसेको बैठकले हवाई भाडा पनि बढाउने निर्णय गरेको सिम्रिक एयरका बजार प्रबन्धक प्रज्ज्वल थापाले राससलाई बताए । आयल निगमले भने हवाई इन्धन पुनः सडक मार्गबाटै आउन सुरु भएपछि पुरानै मूल्य कायम हुने बताएको छ । रासस

मासिक राशिफल

You Might Also Like