परराष्ट्रमन्त्री थापा वेलायतको भ्रमण जाने

File Photo

काठमाडौँ, २७ मङ्सिर ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यही २९ गते मङ्गलबार संयुक्त अधिराज्यको भ्रमण गर्नुहुने भएको छ ।

उपप्रधानमन्त्री थापाका स्वकीय सचिव राजाराम बर्तौलाका अनुसार नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा पुस १ गते आयोजना हुने विशेष स्वागत समारोहमा पनि उहाँले भाग लिनुहुनेछ ।

File Photo

File Photo

बेलायतको लन्डनमा उहाँले समकक्षी फिलिप ह्यामोन्डलगायतका उच्च अधिकारीसँग भेट गर्नुहुने र भ्रमणका क्रममा बुधबार आयोजना गरिने भोजमा वरिष्ठ नेता एवम् मन्त्री तथा उच्च पदस्थ अधिकारीका साथै त्यहाँका संसद्का प्रतिनिधिसँग पनि भेट हुनेछ ।

बिहीबार नेपाल र बेलायतबीचको दोश्रो द्विपक्षीय परामर्श बैठकमा मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भाग लिनेछ ।

उपप्रधानमन्त्री थापाको भ्रमणका क्रममा बेलायतमा रहेका नेपालीसँग पनि भेट तथा छलफलको कार्यक्रम राखिएको छ ।

परराष्ट्रमन्त्री थापा आगामी पुस ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ । उहाँका साथ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु पनि रहनुहुनेछ । रासस

Entertainment
  • No categories

You Might Also Like