मरेको चरा पोलेर खाँदा मृत्यु

 

बझाङ, ४ पुस । मरेको चरा घरमा ल्याई पोलेर खाँदा बौलाली–४ रकैलका रामलाल पार्कीका दुई छोराको मृत्यु भएको छ ।

दश वर्षीय मगर पार्की र पाँच वर्षीय शरण पार्कीले जङ्गलबाट मरेको चरा ल्याई शुक्रबार साँझ पोलेर खाई सुतेका थिए । उनीहरु शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

You Might Also Like