१० वर्षको उमेरमै विवाह

बाँके, पुस १० । मधेसी र मुस्लिम समुदायमा १० वर्षमुनिका बालबालिकाको पनि विवाह हुने गरेको छ । दाइजो, परम्परागत मान्यत र कानुनपैतिको अनभिज्ञताका कारण बालविवाहले निरन्तरता पाएको हो । ती समुदायमा सानै उमेरमा विवाह परम्पराजस्तै बनेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
child marriage bal bibahaअभिभावकहरु जिम्मेवारीबाट उन्मुक्ति पाउन र सामाजिक प्रतिष्ठा जोगाउने संस्कारले सानै उमेरमा विवाह गरिदिने गरेका छन् । १० वर्षमुनिका करिब २ हजार बालबालिकाको एक वर्षमा विवाह भएको जिल्ला जनसंख्याको तथ्यांकले देखाएको छ । तीमध्ये १ हजार ६ सय बालिका छन् ।

त्यस्तै १० देखि १४ वर्षका ३२ हजार किशोरकिशोरीको उमेर नपुगेरै विवाह गरिएको छ । ती मध्ये २५ हजार ६ सय ६५ किशोर छन् । १५ देखि १९ वर्षसम्मका १ लाख २९ हजार ५० किशोर किशोरीको विवाह भएको छ । तीमध्ये ८ण् हजार महिला रहेका छन् । ग्रामिण क्षेत्रमा विवाह दर्ता गराउने चलन नरहेका कारण यो तथ्यांक अझ अपुरै छ ।

Entertainment
  • No categories

You Might Also Like