भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते

गुलरिया (बर्दिया), ९ पुस । गुलरिया नगरपालिका–१२ टेपरी बस्ने मानबहादुर डाँगीका २१ वर्षीय छोरा शेरबहादुरलाई आज भारतको मूर्तिया जङ्गलमा दाउरा लिन गएको अवस्थामा भारतीय वन रक्षकले गोली प्रहार गर्दा घाइते भएका छन् ।

डाँगीको टाउको पछाडिपट्टि दुई वटा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाइतेको उपचार नेपालगन्ज मेडिकल कलेज भइरहेको बताइएको छ । रासस

Loading...
dupteswor

You Might Also Like