कहाँ गयो साढे ४ लाख सिलिन्डर ग्यास ?

gas File Photo

gas

File Photo

काठमाडौँ, पुस १३ । आधा सिलिन्डर ग्यासका लागि महिनौँ पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्यासका बुलेट भित्रिएको समाचार सुनैरै चित्त बुझाउन बाध्य छन् । अघोषित नाकाबन्दीका कारण सामान्य अवस्थामा अस्तै ग्यास आउन नसकेपनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्यास भित्रिए पनि ती ग्यास कहाँ गए र कसले ग्यास पायो भन्नेबारे उपभोक्ता अन्योलमा छन् । राजधानी दैनिकमा समाचार छ ।

गत १ पुसयता भारतवाट ४ लाख ४२ हजार ५ सय सिलिन्डर पुग्ने १ सय ७७ बुलेट ग्यास नेपाल भित्रिएका छन् । सो अबधिमा भित्रएका ग्यासमध्ये ५० प्रतिशत ग्यास उपत्यकामा मात्रै आएको छ ।

तर उपत्यकाबासी भने ग्यास नपाएर निकै सास्ती खेपिरहेका छन् । यसअबधिमा भिएको ग्यास ७ दशमलब १ केजीका दरले वितरण गर्दा ४ लाख ४२ हजार ५ सय उपभोक्तालाई पुग्छ । तर अधिकांश उपभोक्ताले अझैपनि ग्यास पाउन सकेका छैनन् ।

You Might Also Like