परीक्षाफल प्रकाशित

 

काठमाडौँ, १३ पुस । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com र www.tu.ntc.net.npमा हेर्न सकिनेछ ।

यसैगरी, गत असार महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक बिबिएस तेस्रो वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशित गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क ४६४००३७, ४४७००२८ का परीक्षार्थीहरुलाई २०७३ सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको कार्यालयले जनाएको छ । रासस

Tu Kirtipur

You Might Also Like