सम्बन्धन परिवर्तन गर्दै विदेशी शैक्षिक संस्था

schoolकाठमाडौं, पुस १९ । विदेशी विश्वविद्यालयका गुणस्तरीय कार्यक्रमले मात्र नेपालमा सञ्चालनको अनुमति पाउने भएपछि सम्बन्धन लिएका विदेशी शैक्षिक संस्थाले धमाधम सम्बन्धन परिवर्तन गर्न थालेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

गुणस्तर प्रत्यायन नभएका विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालन भएका शैक्षिक संस्थाहरुको स्वीकृति खारेज हुन सक्ने भएपछि धमाधम गुणस्तर प्रत्यायन विश्वविद्यालयको सम्बन्धन लिन थालेका हुन् ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका पहिलो संशोधन गरी शिक्षा मन्त्रालयले कडाई गरेपछि सम्बन्धन परिवर्तन गर्न लागेको छ ।गुणस्तर प्रत्यायन नभएका विश्वविद्यालयको सम्बन्धन लिएको भएमा पाँच वर्षभित्र परिवर्तन गरी गुणस्तर प्रत्यायन विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने निर्देशिकामा ब्याख्या गरिएको छ ।

You Might Also Like