बेपत्ता आयोगः सरकारबाटै बेपत्ता

काठमाडौं, पुस २६ । माओवादी द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको यथार्थ अवस्था सार्वजनिक गर्न गठन गरिएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ अझै गुमनाम अवस्थामा छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

दुई वर्षका लागि गठन भएको आयोगको कार्यकाल एक वर्ष बितिसकेको छ । सरकारले कार्यसञ्चालन नियमावली स्वीकृत नगरिदिँदा आयोग सक्रिय हुन सकेको छैन।

आयोगले ९ भदौमा नियमावली पास गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको थियो ।तर पाँच महिना बितिसक्दा पनि नियमावली पास हुन सकेको छैन।

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमार्फत सरकारमा स्वीकृतिका लागि पठाएको नियमावली कहाँ कुन अवस्थामा छ भन्ने कुरा आफूलार्इ जानकारी नभएको आयोग अध्यक्ष लोकेन्द्र मल्लिक बताउँछन्।

Loading...

You Might Also Like