भवन निर्माण मापदण्ड र राष्ट्रियता भवनसंहितासम्बन्धी तालिम

training for earthquake restoration buildingरौतहट, १९ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा सोमबारदेखि चन्द्रनिगाहपुरमा नयाँ नगरपालिकाका लागि सहरी योजना तथा भवन निर्माण मापदण्ड र राष्ट्रियता भवनसंहितासम्बन्धी आठदिने तालिम सुरु भएको छ ।

तालिममा मुलुकका विभिन्न स्थानका १५ नगरपालिका इन्जिनियर तथा जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरको सहभागिता रहेको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमलसिनाले तालिमको हिजो उद्घाटन गर्दै देशैभरका सबै नगरपालिकाले भवन निर्माण मापदण्ड र राष्ट्रियता भवनसंहिता पालन गर्नु अनिवार्य रहेको बताउनुभयो ।

उहाँले नयाँ नगरपालिकाले सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्न सरोकारवाला निकायको उत्तिकै सहयोग र सहकार्यको खाँचो छ भन्नुभयो ।

उहाँले हाल देशको कुल भू–भागको १३ प्रतिशत क्षेत्र नगरपालिका घोषणा भइसकेको भन्दै ४२ प्रतिशत जनता नगरपालिकामा बसोबास गर्दै आएको बताउनुभयो ।

तालिममा सुरक्षित तथा स्वस्थकर नगरको विकास गर्न नयाँ नगरपालिकाका लागि सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड तयार गरेको जानकारी दिइएको थियो । रासस

You Might Also Like