बजेट तथा कार्यक्रम सार्वजनिक

धनगढी, १ फागनु । कैलाली जिल्लाको लम्की–चुहा नगरपालिकाको नगर परिषद् बैठकले पारित गरेको आगामी वर्षको नीति कार्यक्रम तथा अनुमानित बजेट शुक्रबार सार्वजनिक गरिएको छ ।

गएको पुस महिनामा भएको नगर परिषद् बैठकले आर्थिक वर्ष २०७३÷०७४का लागि रु नौ करोड ८७ लाख १६ हजार २७४ को अनुमानित बजेट पारित गरेको थियो ।12

सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ रु चार करोड ६८ लाख ३८ हजार ७५७ र पुँजीगत खर्चतर्फ रु पाँच करोड १८ लाख ७७ हजार ५१७ रहेको नगरपालिका कार्यालयका सूचना अधिकृत सुरज श्रेष्ठले बताउनुभयो ।

सो बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक करोड २३ लाख ६२ हजार ८७४ र बाह्य स्रोतबाट रु आठ करोड ६३ लाख ५३ हजार ४०० अनुमान गरिएको छ ।

परिषद् बैठकले आगामी आर्थिक वर्ष २०७३÷०७४ मा नगर क्षेत्रलाई खुला दिसामुक्त र प्लास्टिक मुक्त नगर घोषणा गर्ने, नगरको गुरुयोजना निर्माण, पशुबधशाला र भौतिक संरचना निर्माणमा प्राथमिकता दिएको छ ।

यस्तै नगरपालिका कार्यालयको सङ्गठनात्मक संरचना, जनशक्ति व्यवस्थापन, कार्यालय भवन निर्माण, यातायातका साधन खरिदलगायतका योजनालाई प्राथमिकता दिएको छ ।

Loading...
dupteswor

You Might Also Like