अडानका साथ आफ्नो कुरा राखेँः प्रम

 

काठमाडाँै, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण समग्रमा सफल भएको बताउनुभएको छ ।

सत्ता साझेदार दलका नेताहरुलाई आज आफ्नै निवास बालुवाटारमा भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट आफूले भारतीय समकक्षीसँग अडानका साथ आफ्नो कुरा राखेको बताउनुभयो ।oiil

प्रधानमन्त्री ओलीले भन्नुभयो, “९० प्रतिशत बहुमतको संविधानमा भारतको रिजर्भेसन किन भनेर प्रस्टसँग सोधेको छु मैले, यसमा मोदीजीले हाम्रो चाहना त केवल तपाईँहरु मिलेर जानुहोस् भन्ने मात्र हो भन्ने कुरा राख्नुभयो ।”
नेपालका बारेमा जानकारी लिनका लागि सिधै सरकारसँग कुरा गर्न समेत भारतसँग आग्रह गरिएको उहाँको भनाइ छ । बङ्गलादेशबाट अब सिधै नेपालमा वस्तु आयात गर्न सकिने सहमतिलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।
“केही सञ्चारमाध्यममा आए जस्तो भारतीय पक्षबाट हिन्दू राष्ट्रको विषयमा कुनै कुरा भएको छैन”, उहाँले भन्नुभयो ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो कुरा अडानका साथ राख्न सक्नु नै भ्रमण उपलब्धिपूर्ण भएको बताउनुभयो ।

सो अवसरमा एमाओवादीका अध्यक्ष दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा (माले)का महासचिव एवम् उपप्रधानमन्त्री सिपी मैनाली, राप्रपा नेपालका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् उपप्रधानमन्त्री चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे लगायतको सहभागिता थियो । रासस

You Might Also Like