होली मनाउन करिश्माको घर पुगे बाबुराम

maka

९ चैत, काठमाडौँ ।

सर्वसाधारणले जस्तै कलाकारले पनि आज फागुपूर्णिमा अर्थात् रङको पर्व होली धुमधामसँग मनाएका छन् ।

नेपाली रजतपटकी सदावहार नायिका करिष्मा मानन्धरले आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली कार्यक्रममा चलचित्र क्षेत्रसँगै राजनीतिक र विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो ।
करिश्माको घरमा नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराईको उपस्थितिले थप रौनकता थप्यो । पूर्वप्रधानमन्त्री भट्टराईले पूर्णरुपमा खुलेर होली नखेले पनि टीका लगाएर पर्व मनाएका थिए ।

भट्टराईको नयाँ शक्तिमा रहेकी नायिका मानन्धरको होली कार्यक्रममा साथ दिन उनी उपस्थित भएका थिए । नयाँ शक्तिमा लागेका कलाकार सरोज खनाल पनि करिष्माको निवास पुगेका थिए ।

अपराह्न १२ः३० बाट सुरु भएर दिउँसो करिब ४ः३० बजेसम्म चलेको होलीमा साथ दिन कलाकारहरू रमेश उप्रेती, शिल्पा पोखरेल, भुवन चन्द, किरण केसी, रङ पत्रकारलयागतको उपस्थिति थियो ।

त्यस्तै, नायिका रेखा थापा र निर्माता÷निर्देशक आकाश अधिकारीले पनि संयुक्त रुपमा होली पर्वको आयोजना थिए । दिउँसो १ बजेबाट महाराजगञ्जस्थित रेड स्टुडियोमा होली आयोजना गरिएको थियो । रासस

Loading...
dupteswor

You Might Also Like