मन्त्री खरेल परामर्शदातृ सङ्गठन अधिवेशनमा

काठमाडौँ,६ जेठ । यही जेठ ३ गतेदेखि भारतको नयाँ दिल्लीमा प्रारम्भ भएको एसियाली अफ्रिकी कानुन परामर्शदातृ सङ्गठन (एएएलसिओ) को ५५औँ अधिवेशनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले बुधबार सम्बोधन गर्नुभएको छ ।

कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयले बुधवार जनाए अनुसार उहाँले सम्बोधनका क्रममा एएएलसिओका नवनिर्वाचित महासचिव प्राध्यापक केनेडी गेस्ट्रोमलाई बधाई ज्ञापन गर्दै एसिया र अफ्रिकाका राष्ट्रहरु सदस्य रहेको एक मात्र परामर्शदातृ संस्था एएएलसिओले ६० वर्ष पूरा गरेको स्मरण गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको संहिताकरण र प्रगतिशील विकास तथा यसका विभिन्न विधामा मूल्य र मान्यताको निर्धारण तथा स्थापना गर्ने काममा एएएलसिओले पु¥याएको योगदानको सराहना गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले ६० वर्षअगाडि स्थापना भएसँगै एसियाली र अफ्रिकी राष्ट्रबीच कानुनको क्षेत्रमा सहयोग र जानकारी आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चका रुपमा रहेको एएएलसिओले निष्पक्षता, स्वतन्त्रता र समानताको आधारमा क्षेत्रीयस्तरमा सुशासन प्रवद्र्धन तथा समान अधिकार र हितको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएकोमा जोड दिनुभएको थियो ।

मन्त्री खरेलले सो अवसरमा जलवायू परिवर्तनको भार अतिकम विकसित मुलुकलाई हस्तान्तरण गर्नु हँुदैन भन्ने कुरामा जोड दिनुभएको थियो भने खुला समुद्रसम्म पुग्नकालागि भूपरिवेष्ठित मुलुकको पारवहन स्वतन्त्रता तथा सामुद्रिक कानूनका सिद्वान्तलाई ध्यान दिँदै अझ बढी सुनिश्चित गरिनुपर्दछ भन्ने नेपालको मान्यता रहेको पनि बताउनुभयो । अधिवेशन जेठ ७ गतेसम्म चल्नेछ । रासस

Entertainment
  • No categories
Loading...

You Might Also Like