मेडिकल कलेजका पूर्वसञ्चालकसहित तीन जना पक्राउ

images

जनकपुर, जेठ ७ – प्रहरीले ठगी मुद्दामा फरार रहेका मेडिकल कलेजका पूर्वसञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनुषाको रमदैयामा रहेको जानकी मेडिकल कलेजका पूर्वसञ्चालकसहित तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

धनुषा प्रहरीले कलेज सञ्चालक समितिका पूर्वअध्यक्ष ओपी पाण्डे मेडिकल कलेजका पूर्व शेयर सदस्य समीर ढुंगेल र कामेश्वर साहलाई पक्राउ गरेको जनाएको छ । गएको बुधबार उनीहरुलाई जनकपुर र काठमाडौबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उक्त कलेजमा अध्ययनरत्त ३ सय ७४ विद्यार्थीसँग जनही २५ लाखदेखि ४० लाख रुपैयाँसम्म रकम ठगी गरेको आरोप लगाउँदै विद्यार्थीले उनीहरुमाथि गठी मुद्दा दायर गरेका थिए । पक्राउ परेका सञ्चालकले कलेज बिक्री गरी फरार भएपछि आफूहरु विचल्लीमा परेको विद्यार्थीले आरोप लगाउँदै आएका छन् ।

गएको २०७१ साउनमा कलेजका पुराना सञ्चालकहरु ओपी पाण्डे, समिर ढुंगेल, कामेश्वर साह, बलराम गुप्ता, अशोक सिन्हा, कृष्णदेव यादवसहित सात जना विरुद्ध कलेजमा अध्ययनरत चिकित्साशास्त्रका विद्यार्थीले मुद्दा दायर गरेका थिए ।

अझै फरार रहेका बलारम गुप्ता, अशोक सिन्हा र कृष्णदेव यादवको खोजीकार्य भइरहेको र पक्राउ परेकाको बारेमा अनुसन्धान जारीरहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

Loading...
dupteswor

You Might Also Like