मेवाको बियाँको यस्ता छन् स्वास्थ्यका लागि फाइदाहरु

प्रायजसो मानिसहरु मेवा मनपराउँछन्। मेवा खाने क्रममा त्यसको बियाँ फालिन्छ। तर बियाँ लाभदायी हुन्छ भन्ने कुराचाहिँ धेरै कमलाई मात्र थाहा छ। मेवाको बियाँमा धेरै औषधिको गुण हुने विभिन्न अध्ययनले देखाएका छन्।

मेवाको बियाँले कलेजोको समस्याबाट बचाउछ र साथै आन्द्रासम्बन्धी अन्य समस्या निको पार्छ । मेवाको बियाँ स्वादमा अलि तितो हुने भएकाले मानिसहरुलाई मन नपर्न पनि सक्छ । त्यसैले त्यसलाई पिसेर लेदो बनाएर खान सकिन्छ । बियालाई सलादमा मिसाएर पनि खान सकिन्छ । दुध चुसाउने आमा र बालबालिकालाई भने बियाँ खुवाउनु हुँदैन ।

यसमा हुने पापिन नामको तत्वले पाचन प्रणालीलाई सहयोग गर्छ । यसले आन्द्रामा भएका किरा मारिदिन्छ । यो प्राकृतिक गर्भनिरोधी मानिन्छ । यसले पुरुषको उर्वरता घटाउँछ । शरीरभित्र हुने निश्चित प्रकारका क्यान्सरका कोषको वृद्धिलाई मेवाको बियाँले नियन्त्रण गर्छ। यस्तै, जोर्नीसम्बन्धी समस्या, खुट्टा सुन्निने र कुनै निश्चित प्रकारका पीडालाई निको पार्छ।

मेवाको बियाँले स्ट्याप, इकोली र खतरनाक सालमोनेला लगायतका व्याक्टेरिया मारिदिन्छ। यसले टाइफाइड, डेंगू र अन्य भाइरस संक्रमणलाई पनि निको पार्छ। कागतीको जुससँग खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यो मिर्गौलाको स्वास्थ्यका लागि पनि हितकर हुन्छ। एजेन्सी

You Might Also Like