बेतौना सिमसारमा पर्यटकको संख्या धेरै |

betana-simsar.jpg (641×413)

मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।

राजमार्गको छेउमै जोडिएका कारण त्यहाँ पर्यटकहरु जाने र आउने क्रममा एकपटकहरुले डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताए ।

त्यहाँ पोखरीको ढुङ्गामा घुम्दै रम्नुको आनन्दै बैग्लै भएको राईले बताए । तेस क्षेत्रमा रहेका धेरै प्रकारका जीवजन्तु जस्तै मयुरपङ्खी जातको कछुवा, लोपोन्मुख पानीहाँस, जलकौवा, सरस, चिललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको छ ।” उनले भने । बेतनामा विभिन्न छ प्रजातिको कछुवा बसोबास छ ।

विशेष चाडपर्व, नयाँ वर्ष र पिकनिकको समयमा बेतनामा दैनिक एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको समितिले जनाएको छ ।

Entertainment
  • No categories

You Might Also Like