फेरी देख्न पाइने छ दिपिकाको आइटम डान्स

deep

मुम्बई १० जेष्ठ,- बलिउडकी व्यस्त नायिका दिपिका पादुकोणले एक बलिउड फिल्ममा आइटम डान्स गर्ने भएकी छन् । हालै हलिउड फिल्म ‘ट्रिपल एक्स : जेन्डर केज रिटन्र्स’को सुटिङ सकेकी दिपिकाले बलिउड फिल्म ‘राबता’मा आइटम डान्स गर्ने बताइएको हो ।

sushant-singh-rajput-handsome-look-femina-men039s-special-july-2013

सुशान्त सिंह राजपुत र कीर्ति सानोनको मुख्य भूमिका रहने यो फिल्मको निर्देशक दिनेश विजानले गर्दैछन् । दिनेशले यसअघि दिपिकाले मुख्य भूमिकामा अभिनय गरेका फिल्महरु ‘लभ आज कल’, ‘ककटेल’ र ‘फाइन्डिङ फेनी’को निर्माण गरेका थिए ।यो रोमान्टिक ड्रामामा दिपिकाका लागि प्रितमले आइटम गीत तयार गरिरहेका छन् ।

You Might Also Like