धर्मपुत्री बनाएर पालेकी नाबालिको बलात्कार

कुम्पुर १२ जेठ २९७३:

धर्मपुत्री बनाएर पालेकी चार वर्षीया नाबालिकालाई बलात्कार गर्ने कुम्पुर–३ अमिल्छाप निवासी ६५ वर्षीय गोविन्द तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

निज धर्मबाबुले गत वैशाख २४ गते घरमै ललाईफकाई ४ वर्षीया नाबालिका धर्मपुत्रीलाई पटक-पटक ललाईफकाई पैसा दिन्छु भनी जबरजस्ती करणी गरेपछि पीडित नाबालिकाले आमालाई खबर गरेपछि उक्त घटनाबारे प्रहरीमा उजुरी परेको थियो ।

उजुरी परे लगत्तै फरार रहेका गोविन्दलाई प्रहरीले राति घरबाटै पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

S.K.

You Might Also Like