पश्चिम भेगमा रहेको एक हिमाली गाउँ

534X33-1 (2)

चीनको दक्षिण– पश्चिम भेगमा रहेको एक हिमाली गाउँका विद्यार्थीहरुले विद्यालय जानका लागि ठूलो जोमिख मोल्नु परेको छ । यस गाउँका विद्यार्थीहरु बाहिरी दुनियाँसँग बेखबर छन् । ६ वर्षका बालकसम्मले यसरी पहाड चढ्ने क्रममा दाउराको भ¥याङ प्रयोग गरेका तस्विरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा अहिले प्रकाशित भएका छन् । २ हजार ६ सय २४ फुट अग्लो ठाउँमा स्कुल छ र विद्यार्थीहरु पहाड चढेर स्कुलमा पढ्न पुग्छन् । मेइ १४ मा खिचिएका यि तस्विरहरुलाई चीनको पिपुल्स डेली अनलाईनसँग आबद्ध हुवानक्विले सार्वजनिक गरेको हो ।

रिर्पोटमा जनाइएअनुसार १५ विद्यार्थीहरुले २ घण्टासम्म भ¥र्याङ चढ्नमै समय खर्चिन्छिन् । चीनको सिचुवान प्रान्तस्थित झाओजू काउन्टीका विद्यार्थीहरु यसरी नै भ¥याङ चढेर जोखिमपूर्ण यात्रा गर्छन् । ६ देखी १५ वर्षबीचका विद्यार्थीहरु ठूला ब्यागहरु बोकेर विद्यालयको पोशाक माथि चढ्दैछन् र उनीहरुलाई तीनजना अभिभावकले नियालिरहेका छन् । उनीहरुको घर अतुल इयर गाउँमा छ र यो ४ हजार ६ सय फिट उचाईमा पर्छ ।

यस दुगर्म गाउँमा केवल ७२ जना परिवार बस्छन् । अधिकांशको आयआर्जन भनेको खुर्सानी खेती हो । विद्यार्थीहरु भने यसबाट निकै टाढा रहेको लि इयर प्राथमिक विद्यालयमा पढ्छन् । उनीहरु एकपटक जोखिमपूर्ण यात्रा गरेर विद्यालय पुगेपछि दुई सातासम्म विद्यालयमै रहन्छन् र त्यसपछि मात्रै परिवारलाई भेट्न गाउँ आउँछन् । उनीहरुलाई यसरी पहाड चढाउने जिम्मा पालैपालो अभिभावकहरुले लिन्छन् ।

534X33-1
यसरी भ¥र्याङ चढ्ने क्रममा अभिभावकहरुलाई १ घण्टा ३० मिनेट समय लाग्छ । आरालो झर्ने क्रममा उनीहरु १ घण्टा समय खर्चन्छन् । तर बालबालिकाहरुलाई यही उकालो चढ्न २ घण्टा लाग्छ । ३० वर्षका चेन गुजी विद्यार्थीहरुलाई यसरी उकालो चढाउने एक अभिभावक हुन् । उनका अनुसार उनी बिहान ६ बजे उठ्छन् र आफ्ना चार छोरी तथा एक छोरासहित अन्य बालबालिकालाई लिएर यसरी उकालो उक्लन्छन् । उनका कान्छा छोरा चेन मुखी केवल ६ वर्षका भए । छोराको सुरक्षाका लागि उनले डोरी बाँधिदिएका छन् ।
यस क्षेत्रका सचिव जिटीका अनुसार गाउँबाट पहाड चढ्ने क्रममा अहिलेसम्म झन्डै ८ जनाको ज्यान गइसकेको छ । कहिलेकाँही पानी र हिउँका कारण यात्रा निकै जोमिखपूर्ण बन्छ । यस्तै जोखिमका कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई स्कुल पठाउँदैनन् । जिटीका अनुसार अन्य क्षेत्रको तुलनामा यो गाउँ अझै २ सय वर्ष पछाडी छ । यति धेरै समस्या भएपनि खेतीयोग्य जमिन भएका कारण गाउँलेहरु धनी नै छन् । यस गाउँमा रोड बनाइदिनका लागि गाउँलेहरुले अनुरोध गरेका छन् । तर केवल ७२ घरधुरी मात्रै रहेका कारण सरकारले महगोँ रकम खर्चेर किन सडक बनाउने भन्ने प्रश्न पनि उब्जिएको छ ।

534X33-1 (4)

झाओजु काउन्टिका कार्यालय सचिव जीकी जिन सङ भन्छन्–‘मुख्य समस्या भनेको गाउँलेलाई यस गाउँबाट नजिकको शहरमा लैजादाँ उनीहरु बेरोजगार हुन्छन् भन्ने हो किनकी गाउँमा उनीहरुको जमिन छ । उनीहरुले खेतिपातीबाट राम्रो आयआर्जन गरेका छन् । तर यस ठाँउमा सडक बनाउन ६० मिलियन युआन खर्च हुन्छ । यो खर्च त्यति ठूलो त होइन तर जनसंख्याका आधारमा हेर्ने हो भने यो निकै ठूलो हुन आउँछ ।’ सरकारले गाउँलेहरुलाई भेडाका लागि १ मिलियन युआन खचिएको छ । भविष्यमा यो गाउँ पर्यटकीय क्षेत्र हुनसक्ने अनुमान लगाइएको छ ।

S.K.

 

You Might Also Like