विश्वकै अग्लो ठाउँमा हुँदै आएको ‘एभरेष्ट म्याराथन’

Screenshot_2016-05-30-12-01-17_1

काठमान्डौं १७ जेठ २०७३:

नेपाली र विदेशी गरी १७१ जनाको सहभागिता ।कार्यक्रम संयोजक शिखर पाण्डेका अनुसार म्याराथनमा नेपाली ३७ जना, भारतीय १४ जना र १२० जना तेस्रो मुलुकका नागरिक थिए । मुलुकमा साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यसहित हरेक वर्ष सगरमाथा दिवस पारेर तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन आयोजना गरिँदै आएको छ ।

सोलुखुम्बुको एभरेष्ट बेसक्याम्प (५,३६४ मिटर) बाट सुरु भएको म्याराथन नाम्चेबजार (३,४४६ मिटर) पुगेर सम्पन्न भएको थियो । यस वर्ष फुल म्याराथन ओपन, फुल म्याराथन फुल फरेनर, फुल म्याराथन ओपन फिमेल र हाफ म्याराथन गरी चार क्याटोगरी रहेका थिए ।

फुल म्याराथन ओपनमा नेपाल आर्मीका बेद बहादुर सुनुवार प्रथम हुन सफल भएका छन् । उनले यो दुरी ४ घण्टा १० सेकेन्डमा पुरा गरेका थिए । अल्ट्र म्याराथन ओपनर्फ नेपाल आर्मीकै तिर्थ बहादुर तामाङ प्रथम भए । उनले ६ घण्टा ३६ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।

यसैगरी फुल म्याराथन ओपन फरेनरतर्फ पोल्याण्डका रोबर्ट केलिन्स्की प्रथम भएका छन् । उनले निर्धारित दुरी ४ घण्टा २४ मिनेट ८ सेकेण्डमा पुरा गरेका थिए । फुल म्याराथन ओपन फिमेलको उपाधी पुणिर्मा राईले चुमिन । उनले ५ घण्टा २४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन ।

हाल्फ म्याराथन ओपनतर्फ नेदरल्याण्डका तेञ्जिङ डोल्माजले उपाधी जितेका छन् । उनले निर्धारित दुरी ३ घण्टा ३० मिनेट १३ सेकेण्डमा पुरा गरेका थिए ।

S.K.

Entertainment
  • No categories

You Might Also Like