बजेट आउनुअघि नै सूचनाहरु पत्रपत्रिका सार्वजनिक

फाइल तस्वीर

Samsad-bhawan2
काठमाडौं १८ जेठ २०७३: बजेटको सूचना चुहावटबारे नेपाली कांग्रेसले आपत्ति प्रकट गरेपछि त्यसबारेमा छानबिन हुने भएको छ ।कांग्रेसले बजेट आउनुअघि नै सूचनाहरु पत्रपत्रिका सार्वजनिक भएको भन्दै सोमबारको संसद बैठक अवरोध गरेपछि यसबारेमा छानविनका लागि समिति बनाइने भएको हो । बजेट ल्याउनेक्रममा भएका कमिकमजोरी सुधार्दै अघि बढ्नका लागि समिति बनाउने सहमति जुटेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।

समिति मिलानका लागि प्रमुख दलका प्रमुख सचेतकहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।

बजेट भाषण अघि नै पत्रपत्रकिामा सूचना चुहाइएको भन्दै नेपाली कांग्रेसले सोमबार मात्रै चार पटकसम्म संसद अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले सोमबार ११ बजेका लागि बैठक बोलाएकी थिइन् । बजेटको सूचना चुहावटको छानबिनका लागि दलहरु छलफलमा जुटेकाले संसद बैठक दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ । ११ बजेका लागि बोलाइएको संसद बैठकमा भाग लिन पुगेका प्रमुख दलका नेता तथा सांसदहरु अहिले संसद बैठकबाट बाहिरिएका छन् ।
S.K.

 

You Might Also Like