यस्ता छन् अरु फाइदा,प्रोटिनले भरीपूर्ण बदामको

बदाम शरीरका लागि निकै फाईदाजनक हुन्छ। प्रोटिनको भरपुर श्रोत बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइनुका साथै भिटामिन ई, भिटामिन के र भिटामिन बी ६ पाइन्छ। यी पोषणको फाइदा लिन प्रत्येक दिन रातो छिल्का भएको बदाम कम्तीमा पनि २० दाना खानुपर्छ।

बदामका केही फाइदा यस्ता छन्ः बदाममा तेलको अंश हुने भएकाले पेट सम्बन्धी रोगह निको पार्छ। दिनहुँ खानाले ग्यास र एसिडीटिको समस्याबाट छुट्कारा पाउन सकिन्छ। भोक नलाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई यसले बलियो बनाउँछ। गर्भवती महिलाहलाई यसले फाइदा पुर्‍याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा मद्दत गर्छ।

बदामले कलेस्ट्रोल नियन्त्रण गर्छ। हप्ताको पाँच दिन केही बदाम खानाले मुटुको रोगबाट टाढा रहन सकिन्छ। खाना खाईसके पछि ५० वा १०० ग्राम बदाम खानाले खाना सजिलै पच्छ र शरीरमा रगतको कमी पनि हुँदैन। यसले छाला र हाडलाई पनि फाइदा पुर्‍याउँछ।  प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोन सन्तुलनमा रहन्छन्।

Entertainment
  • No categories

You Might Also Like