“आमिर खान छन् सलमानको कारण चिन्तित”

salman_amir0530_post_1326778657

बलिउड १८ जेठ २०७३:

बलिउड का दुई हस्ती आमिर खान र सलमान खान साथी हुन्। तर, हालै सलमान अभिनित फिल्म ‘सुल्तान’ का कारण आमिरको चिन्ता बढेको बताइन्छ।केही भारतीय सञ्चारमाध्यमको विश्लेषणअनुसार सुल्तानका कारण आमिरको ‘दंगल’ खतरामा पर्न सक्छ किनभने दुवै फिल्म एकै क्षेत्रका हुन् र कथा पनि मिल्दाजुल्दा छन्।

सुल्तानमा सलमानले सुल्तान अली खानको चरित्र निभाएका छन् जो विपक्षीलाई मारपिट गर्न एकदमै खप्पिस छ। बताइअनुसार आमिरको दंगलको मुख्य पात्रको चरित्र पनि उस्तै नै छ। दंगल महावीर फोगटको जीवनीमा आधारित बायोपिक फिल्म हो भने सुल्तान फिक्सन स्टोरीमा आधारित छ।

त्यसो त आमिरको दंगलको सुटिङ सलमानको सुल्तानभन्दा अगाडि नै सुरु भएको थियो तर रिलिजमा सुल्तानले बाजी मार्यो। सुल्तान जुलाई ६ मा रिलिज हुने छ भने दंगल डिसेम्बर २३ मा मात्र रिलिज हुनेछ।

आफ्नो फिल्म रिलिजअगावै उस्तै कथाको अर्को फिल्म रिलिज हुनुलाई आमिरले खतराको संकेत मानेको भारतीय सञ्चारमाध्यमहरु बताउँछन्।

S.K.

You Might Also Like