टर्की बिमानस्थलमा भएको हमलाबाट छोराहरुसहित जोगिए ऋतिक रोशन

काठमाण्डौँ, असार १५ – टर्कीको अन्तराष्ट्रिय बिमानस्थल स्तानबुलमा भएको आत्मघाती बम हमलाबाट बलिउड अभिनेता ऋतिक रोशनसहित उनका दुई सुपुत्र जोगिएका छन् ।

rh

आतंकवादी हमलाको केही समय पहिले मात्र ऋतिक आफ्ना छोराहरुको साथ टर्की बिमानस्थल पुगेका थिए । तर कारणबस उनको फ्लाईट छुटेपछि उनी त्यहाँबाट निस्किएका थिए । उनी निस्किएको केही समय पछि त्यहाँ हमला भएको हो ।

 
ऋतिकले ट्विटर मार्फत आफू ठूलो हमलाबाट जोगिएको बताएका हुन् । त्यस्तै उनले हमला प्रति दुःख व्यक्त गर्दै आतंकको विरुद्धमा एक हुनुपर्ने समेत बताएका छन् ।
ऋतिक छोरा रेहान र रिधानसँग छुट्टि मनाउन स्पेन र अफ्रिका गएका थिए । छुट्टि मनाएर भारत फर्किने क्रममा उनी टर्कीको स्तानबुल बिमानस्थल पुगेका थिए ।

 
टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार साँझपख भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ ।

मासिक राशिफल

You Might Also Like