नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

 

चितवन, ३ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा आज साँझ पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

gg

चन्डिभञ्ज्याङ गाविस वडा नं ५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट पहिरो झरेपछि साँझ ७ बजेदेखि सडक अवरुद्ध बनेको हो । पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर र लोडर प्रयोग गरिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो । दुईतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ ।

 

पहिरो खस्नेक्रम रोकिइ नसकेकाले कति समय लाग्छ भन्न नसकिने उहाँले बताउनुभयो । पहिरो खस्न रोकियो भने चार घन्टामा सडक खुलाइनेछ । सडक विस्तार कार्य भइरहेकाले सामान्य वर्षासँगै पहिरो खस्ने हुँदा सवारी साधन र यात्रुले कष्ट व्यहोर्दै आएका छन् । सडक बन्द भएसँगै साँझ गन्तव्यतर्फ लागेका सवारीबीच सडकमा रोकिएका छन् ।

 

उहाँका अनुसार यस वर्ष खसेको यो सबैभन्दा ठूलो पहिरो हो । यसअघि गत महिना कालिखोलामा योभन्दा केही सानो पहिरो खसेको थियो । रासस

You Might Also Like