सिआइबीको ‘अपरेशन क्वाक’मा ३६ जना नक्कली डाक्टर पक्राउ (सूचीसहित)

असार ०५ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३६ जना नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गरेको छ।
nnn
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध सिआइबीले दुई दिनमा अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको छ। ‘अपरेशन क्वाक’ नाम दिइएको यस अनुसन्धानमा ट्रमा सेन्टरदेखि नर्भिक हस्पिटलसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन्।
ब्युरोले राजधानीलगायत देशका विभिन्न ठाउँबाट दुई दिनमा ३६ जना डाक्टर पक्राउ गरेको छ । पक्राउ गर्नुको कारण नक्कली प्रमाणपत्र रहेको ब्युरोले जनाएको छ।
करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १० जिल्लाका अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको थियो । यस अपरेशनमा काठमाडौंबाट सबैभन्दा बढी १३ जना डाक्टर पक्राउ परेका छन्। यो अभियानमा वीरगञ्जबाट ९ जना पक्राउ परेका छन्।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेका छन्।
ट्रमा सेन्टर भारतले बनाइदिएर नेपाल सरकारलाई हस्तान्तरण गरेको अस्पताल हो भने नर्भिक निजी लगानीको ठूलो अस्पताल हो ।

हेर्नुहोस् नक्कली डाक्टरको सूचीमा को-को परे ? –

https://drive.google.com/file/d/0B643CDS5-hEMOTFyb2lIRnJ2WlU/view

You Might Also Like