हलिउड नायिका मिचेल यो चु खेङद्वारा भक्तपुरको अवलोकन

भक्तपुर, १२ असार । नेपाल भ्रमणमा आउनुभएकी युएनडिपीको सद्भावना दूत एवम् हलिउड फिल्म स्टार मिचेल यो चु खेङले भक्तपुरको सम्पदाको अवलोकन गर्नुभएको छ ।

michel
उहाँले भक्तपुरको सम्पदा अवलोकन गराउन भक्तपुर दरबारक्वायर आउनुभएका मन्त्री पोखरेलले दरबारस्क्वायर क्षेत्र, तलेजु, पाँचतले मन्दिरलगायत यहाँको सम्पदाको अवलोकन गर्नुभएको थियो ।
यहाँका सम्पदा एवम् भूकम्पले क्षति पु-याएका सम्पदाको फिल्म स्टार एडले रुचीपूर्वक अवलोकन गर्नुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सद्भावना दूत एडलाई बुद्धको चित्र मायाको चिनोस्वरुप प्रदान गर्नुभएको थियो ।
सो अवसरमा भूकम्पले नेपालको सम्पदामा निकै क्षति पु¥याएको जानकारी गराउँदै सरकारले अब पुनःनिर्माणको काम सुरु गर्न लागेको बताउनुभयो । एक सय वर्ष पुरानो सम्पदालाई सरकारले नै जिम्मेवारी लिने बताउँदै उहाँले भूकम्पले क्षति पु¥याएको सम्पदालाई पुनःजीर्णोद्धार गर्ने काम अब छिट्टै सुरु हुने बताउनुभयो ।
त्यसअवसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सद्भावना दूत एवम् हलिउड स्टार एडले नेपाल भूकम्पबाट अब सुरक्षित रहेको बताउँदै भन्नुभयो, “नेपाल सेभ छ भन्ने सन्देश म लिएर जानेछु, नेपाल भ्रमण गर्न आउनुपर्छ, नेपाल अत्यन्तै सुन्दर छ, त्यसैले म अहिले चौथो पटक नेपाल आएको हुँ ।” रासस

You Might Also Like