‘कोहिनुर’ अब युट्युबमा, च्यारिटी शोको रकम अनाथ बालकालिकालाई हस्तान्तरण

असार १२ –  स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म ‘कोहिनुर ‘ अब युट्युबमा च्यानलमा हेर्न पाईने भएको छ ।

aakash-and-sweta-768x509
हलमा कोहिनुर हेर्न छुटाएकाहरुले अब युट्युबमा नै कोहिनुर हेर्न पाउने भएका हुन् । श्रीकृष्ण, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा लगायतको अभिनय रहेको कोहिनुर शनिबारदेखि युट्युब च्यानलबाट सार्वजनिक गरिएको होे ।
आकाश अधिकारी निर्देशित यस चलचित्रले ११ करोड माथिको कलेक्शन गरेको थियो । यही चलचित्र प्रदर्शन भईरहँदा नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो ।
चलचित्र ‘भुँमरी’ वाट अभिनय सुरु गरेका श्रीकृष्णले ‘धर्ती, प्रेमयुद्ध, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, गरिब, नाता रगतको’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

शनिबार काठमाण्डौको बीग मुभिजमा कोहिनुरको च्यारेटी शो पनि सम्पन्न भयो । ‘नवकिरण अनाथ असाहाय बाल उत्थान समाज’को सहयोगार्थ यो कार्यक्रम गरिएको थियो । नायिका स्वेता खड्काले च्यारेटीबाट उठेको मध्ये २ लाख रुपैयाँ अनाथालयलाई हस्तान्तरण गरिन् ।

You Might Also Like