मालीमा जमिन विवादपछि झडप हुँदा चौध जना किसानको मृत्यु

बामाको(माली), १२ असार । मालीको मध्य भागमा अवस्थित कौसौमा र मौग्मा गाउँका दुई समूहबीच जमिन सिँचाइसम्बन्धी विवाद हुँदा आइतबार कम्तिमा १४ जना स्थानीयको मृत्यु भएको मोप्टीका सुरक्षा अधिकारीले बताएका छन् ।

web_photo_mali_land_260616
घटनामा ४० जना घाइते भएका बताइएको छ ।
शनिबार यस बर्ष पहिलो पटक वर्षा भएपछि सिँचाइका लागि पानीको विवाद परेको र सोही विवादले चर्को रुप लिएपछि भएको झडपमा परी दुवै पक्षका मानिसको मृत्यु भएको थियो ।

घाइते पनि दुवै पक्षका रहेका बताइए पनि घटनामा कति गाउँले सहभागी थिए भन्नेबारे जानकारी आइनसकेको प्रहरीले बताएको छ । रासस/एएफपी

You Might Also Like