पाकिस्तानमा सडक दुर्घटना, अठारको मृत्यु

इस्लामाबाद (पाकिस्तान), १३ असार । पाकिस्तानको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी ईलाकामा सोमबार भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १८ यात्रुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

pakis
घटनामा ३० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
स्थानीय उर्दू समाचार संस्था समा न्युजका अनुसार क्वेटाबाट कराँचीका लागि ४० यात्रुसहित छुटेको बस बलुचिस्तान प्रान्तको खुजदार इलाकाको जटिल मोडमा अघि बढ्ने क्रममा सडकबाट खोल्सामा खस्दा ११ जनाको मृत्यु भएको छ ।
बसमा यात्रारत २५ जना घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।
यसैगरी उत्तर पश्चिमी प्रान्त खाइबर पाक थुङ्ख्वामा भएको एक अर्को सडक दुर्घटनामा सात जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
पाकथुङ्ख्वाको स्वाट इलाकामा भएको कार दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । रासस/एएफपी

You Might Also Like