अविवाहित अभिनेता तुषार कपुर बने पिता, छोराको नाम राखे ‘लक्ष्य’

काडमाण्डौँ, असार १४ – बलिउड अभिनेता तुषार कपुर अविवाहित हुन् तर यिनै अविवाहित अभिनेता छोराका पिता बनेका छन् ।

tuy

सेरोगेसी (कोख भाडामा लिने) को सहायतबाट पिता बनेका तुषारले छोराको नाम लक्ष्य समेत राखिसकेका छन् । आफू पिता बनेकोमा निकै उत्साहित भएको उनले बताएका छन् ।
लामो समय देखि पिता बन्ने आफ्नो चाहना रहेको बताएका तुषारले छोरा लक्ष्य नै खुशीको ठूलो कारण बनेको जानकारी दिए ।
बलिउडमा यस भन्दा पहिले बादशाह शाहरुख खान र मिस्टर परफेक्शनिष्ट आमिर खान पनि सरोगेसी मार्फत पिता बनिसकेका छन् ।
शाहरुख खानका छोरा अब्राहम र आमिर खानका छोरा आजाद सरोगेसी मार्फत जन्मिएका हुन् ।

You Might Also Like