तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्कविच्छेद, सात गाविसमा आवागमन ठप्प

दुनै (डोल्पा), २६ असार । शनिबार बेलुकीदेखि अविरल रुपमा परेको वर्षातले लावन गाविसमा पर्ने व्यासगाड खोलाको काठेपुल बगाएपछि तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्कविच्छेद भएको छ ।

dd
यसबाट सात गाविसमा आवागमन ठप्प भएको छ । मध्यरात २ बजेतिर खोलामा पानीको बहाव बढेर पुल बगाएपछि माथिल्लो डोल्पाका लावन, सहरतार, धो, साल्दाङ, तिन्जे लगायत गाविसमा आवतजावत ठप्प भएको स्थानीय समाजसेवी ओम मगरले जानकारी दिनुभयो ।

काठेपुल पुनःनिर्माणको स्थलगत अनुगमनका लागि जिल्ला प्राविधिक कार्यालय र जिविस डोल्पाको टोली आज बिहान गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
पुल बगाएपछि माथिल्लो डोल्पामा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । छिट्टै आवागमन खुलाउन पुल निर्माण तत्काल सुरु गरिने बताइएको छ । रासस

Entertainment
  • No categories

You Might Also Like