सरकार छाड्ने प्रचण्डको निर्णयबारे कुनै जानकारी नै भएन – नेता नारायणकाजी श्रेष्ठ

काठमाण्डौँ, असार २८ – नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनेमा अध्यक्ष प्रचण्डको एकलौटी निर्णय देखिएको छ । किनकी सरकार छाड्नेबारे माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई नै थाहा भएन । पार्टी सरकारबाट बाहिरिएको बारे आफूलाई कुनै पनि जानकारी नभएको श्रेष्ठले बताएका छन् ।
nnn
श्रेष्ठले एक अनलाइन पत्रिकासँग कुरा गर्दै सरकार छाड्ने बारे आफू पूर्णत अनभिज्ञ रहेको बताउँदै आफूले अनलाइन, एफएम र सर्वसाधरणबाबाट यो यस्तो खबर सुनेको बताए ।
उनले माओवादीले सरकार छाड्ने निर्णयबारे आफ्ना केही कुरा रहेको बताउँदै त्यसबारेमा पार्टी केन्द्रमा कुरा राख्ने बताएका छन् ।
श्रेष्ठले अनिभज्ञता प्रकट गरिरहँदा माओवादी केन्द्रका अन्य नेताहरुले पनि जानकारी नदिई सरकारबाट बाहिरिएका प्रति आपत्ति नै जनाएका छन् ।

मासिक राशिफल

You Might Also Like