नयाँ सरकार गठनमा माओवादीलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाण्डौँ, असार २९ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नयाँ सरकार गठनका लागि माओवादी केनद्रलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

se
बैठकले माओवादी केन्द्रसँग भएको सात बुँदे सहमति अनुमोदन गर्दै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय समते गरेको छ ।
बैठकमा सरकार परिवर्तन गर्ने जस्तो महत्वपूर्ण निर्णय पार्टी पदाधिकारीलाई थाहा नै नदिइ गरेको भन्दै नेता प्रकाशमान सिंहले भने आपत्ति जनाएका थिए। जवाफमा साभपति देउवाले बल्ल कांग्रेसमा प्रजातन्त्र आएको छ भन्दै व्यंग गरेका थिए।
बैठकमा नेता बिमलेन्द्र निधीले माओवादीसँग एउटा गोप्य र अर्को सात बुँदे गरि दुई वटा सम्झौता गरेको जानकारी गराए । जसअनुसार स्थानीय निकायको निर्वाचनसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र बाँकी दुर्इ वटा निर्वाचन कांग्रेस नेतृत्वमा गर्ने सहमति भएको निधीले बैठकमा जानकारी गराएका थिए।

You Might Also Like