चम्पा फूलको विषालु फल खाँदा १५ बालबालिका बिरामी

विराटनगर, २९ असार । मोरङमा मंगलबार विहान विषालु फल खाँदा १५ बालबालिका बिरामी परेका छन् ।

cha
सिजुवा–९ स्थित झुर्किया हाटबजारका ८ वर्षदेखि १२ वर्षका बालबालिका बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनीहरु खेल्नेक्रममा चम्पा ९जरकर्नेल० फूलको फल खाएपछि बिरामी परेका हुन् ।
सो विषालु फल खाएपछि उनीहरुलाई टाउको दुख्ने र बान्ता आउन थालेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको हो । हाल ती बालबालिकाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । रासस

Loading...

You Might Also Like