प्रधानमन्त्री ओलीले राजनीतिक बेइमानी गरेको भन्नेमा एमाले नेताहरू दृढ छन् – प्रचण्ड

काठमाण्डौँ, साउन ३ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डले गर्दा माओवादी र एमालेबीचको गठबन्धन भत्किएको आरोप लगाएका छन् ।
prac

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा पुगेर नेता नेपालले आफ्नो पार्टीका अध्यक्ष समेत रहेका ओलीप्रति यस्तो आरोप लगाएका हुन् ।

सरकारबाट समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गराएपछिको परिस्थितिको समीक्षा गर्ने क्रममा अध्यक्ष दाहाल स्वयमले एमाले नेतासँग भएको कुराकानीको बारेमा जानकारी गराएका हुन् ।

हाम्रा महाराजाका कारण गठबन्धन टुट्यो । हामी र तपाईंहरूलाई दिक्क बनाए । उहाँको अहमले गठबन्धन टुट्यो, एमाले नेता नेपाललाई उद्धृत गर्दै अध्यक्ष दाहालले बताए ।

दाहालका अनुसार नेता नेपालसहित एमाले नेता झलनाथ खनाल र वामदेव गौतम पनि ओलीले सत्ता हस्तान्तरण गर्ने बारेको पूर्वसहमति तोडेको भन्ने स्वीरका गर्छन्। दाहालले भने – ओलीले राजनीतिक बेइमानी गरेको भन्नेमा एमाले नेताहरू दृढ छन् । नेता नेपाल दाहालसँग छलफल गर्न आइतबार लाजिम्पाट पुगेका थिए ।

You Might Also Like