महंगो लुगा लगाउँछौं तर सस्तो खानेकुरा खाइरहेका छौं

असल पोषण र औषधी विज्ञानको बिकाशले आज मानिस एक लामो जीवन जिउन समर्थ भएको छ I तर यसले बुढेसकाललाई पनि लम्याएको छ I करिन एक तिहाई उमेर बुढेसकालमा बित्छ I त्यसमाथी वाताबरण र जीवनसैलीमा आएको परिवर्तनले भने नयाँ-नयाँ रोगको जन्म भएर मानिसको बुढेसकाल चुनौतीपूर्ण बन्दै गएको छ भने अर्को तर्फपरिवार वा समाजमा बुढो उमेर प्रती हेर्ने द्रिस्तिकोन समय अनुकुल बन्न नसकेको अवस्था पनि छ I

यस्तो अवस्थामा तन्नेरी अर्थात् उर्जावान भएरै बुढेसकाल बिताउन कुन कुन कुराको अहम भूमिका रहन्छ र यसका लागी हामीले गर्नु पर्ने तैयारी के के हुन् सक्छन भन्ने बिषयलाई यस पुस्तकमा बैज्ञानीक तथ्यका आधारमा बर्णन गर्ने प्रयास गरिएको छ I अरु उमेर जस्तै बुढेसकालले पनि हाँस्न, खेल्न, रमाउन खोज्छ, र यो सबैका लागी सम्भव हुन् सक्छ भन्ने सन्देस यो पुस्तक मार्फत दिन खोजिएको छ I

नबितेको जीवन
मानिस स्वभाबत बर्तमान भन्दा बितेको कुरा सम्झेर रमाउने वा बिलौना गाउने गर्छ I धेरै मानिसहरुलाई आफ्नो बाँकी जीवन के गरेर बिताउने त्यो थाहा हुदैन, अर्थात् नबितेको जीवन जिउने योजना खासै हुदैन I उमेर वा परिवर्तित समय अनुसारको जीवनको ब्यबस्थापन नबितेको दिनहरुमा स्वास्थ्य र सुखी हुने पहिलो खुड्किलो हो I

अवकासपछी
अवकासपछीका दिनहरु कसरी स्वतन्त्र, आत्मनिर्भर र उत्पादक बन्न सक्छन, त्यसको बारेमा यस अध्यायमा चर्चा गरिएको छ I आनन्द लाग्ने काम गर्न समय पाउनु यो उमेरको सुन्दर पक्ष हो, र यसलाई बुझेर सकेसम्म यो उमेरको उपयोग गर्नु पर्छI

छरितो सरीर
बुढेसकालमा आफ्नो बजन अधिक बढ्नु एक आम स्वास्थ्य समस्या हो, जसले क्यान्सर लगायत दीर्घ-रोगहरुलाई आमन्त्रित गर्छ I अर्थात् निरोगी जीवनको पहिलो लक्षण हो, छरितो सरीर I यसले व्यक्तित्वलाई पनि आकर्षक बनाउछ I त्यसैले कसरी आफ्नो सरीरलाई छरितो राख्ने, यो विश्वभरीका मानिसको चासोको बिषय बनेको छ I कुनै पनि ब्यक्तीको मोटो वा छरितोपन उसको जीन, खाने भोजन र अपनाएको जीवनसैलीको सामुहिक अन्तर-क्रियाबाट निर्धारित हुन्छI

भोक र भोजन
स्वास्थ्य जीवनका लागी असल भोजनको नितान्त आवस्यकता पर्छ तरबुढो हुन थालेपछी पेटमा ग्यास, अपच, कब्जियत हुनुका साथै जिब्रोको स्वाद अनुभूति गर्ने टेस्टबड पनि घट्दै जान्छन र धेरै कुरा मिठो लाग्न छोड्छ I त्यसैले बुढेसकालमा आहार घट्ने गर्छ I कसैलाई थोरै खाँदा धेरै हुन्छ भने कसैलाई धेरै खाँदा पनि थोरै हुन्छ I बुढेसकालमा हामीले यस्ता खानेकुरा खान बढी जोड दिनुपर्छ, जसले सरीरमा कम क्यालोरी थपोस तर सरीरलाई चाहिने अन्य पोषण प्रदान गरोस I त्यसैले कसैले आग्रह गरेको भरमा होइन, खाद्द्य-अखाद्य बुझेर खाने गरौ I स्तरीय प्रकृतीक खानेकुरा आफु र आफ्ना परिवारजन मिलेर खाने गरौ I
असल खानु मात्र होइन, कहिले काँही न खानु (उपबास) पनि स्वास्थ्यका लागी लाभदायक हुन् सक्छ, किनकी यस बाट तन्तुमा बसेको ग्लुकोज तह लाग्छ र चिल्लो पदार्थको दहन हुन् थाल्छ, फलस्वरूप सरीरको वजन घट्छ I

बुढेसकालमा दाम्पत्य
असल बैबाहिक जीवन जती स्वास्थ्यका लागि लाभदायक छ, तनावपूर्ण बैबाहिक जीवन त्यतिकै हानिकारक पनि छ I बिसेसगरी अवकाशपछीको जीवन सुखी र सन्तुष्ट बनाउन बिबाहको ठुलो महत्व रहेको हुन्छ I सुखद दाम्पत्य जीवन बिताउने परिवारको मानसिक र सारीरिक अवस्था अबिबाहितभन्दा सबल हुन् सक्ने अध्ययनहरुले देखाएको छ, बिसेसगरी अबिबाहित पुरुषको अवस्थ कम्जोर हुन्छ, बिबाहितभन्दा

महिला र महिनावारी
उमेरसंगै महिलाको सरीरले धेरै परिवर्तनहरु झेलेको हुन्छ I युवती हुनलाग्दा महिनाबारी, बिबाहपछी गर्भवती अनि बुढेसकालमा महिनावारीको चक्रबन्द (अंग्रेजीमा मेनोपज) I महिनावारी बन्दपछी महिलामा सन्तान उत्पादन गर्ने क्षेमत मात्र नाश हुने होइन I यसले उनीहरुको जीवनसैलीमा अनि सारीरिक र मानसिक अवस्थामा पनि ठुलो परिवर्तन ल्याउछ Iजस्तै वजन बढ्ने, “हट फलस” हुने, अनिन्द्रा, योन आब्रिती कम आउनेअनि ओसटियोपोरोसिस (बुढेसकालमा हड्डी नास हुने रोग) जस्ता समस्या I मेनोपजपछी पनि एक स्वास्थ्य अनि स्वतन्त्र जीवन जिउन सकिन्छ I

बदलिदो प्रोसटेट
बुढेसकालमा मध्ये रातमा उठेर बारम्बार सौचालय जानु पर्ने, पिसाब फेर्दा ननिख्रीने अनि धार मसिनो हुने बुढा पुरुषहरुको एक यस्तो समस्या हो, जो करिब ५०% मानिस ५१-६० बर्ष बीचका र ८० बर्षभन्दा माथीका ९०% मानिसमा देखापर्छ I यो समस्या प्रोस्टेटको आकार बृद्धी हुने र मुत्रासयको (ब्लाडर) पर्खाल मोटो हुन् थालेपछी मुत्रमार्ग (युरेथ्रा) मा दबाब पर्न थाले पछी देखा पर्छ I यो अवस्थामा पिसाब फेर्दा सम्पूर्ण पिसाब बाहिर आउदैन I यसरी मुत्र मार्ग साघुरिने र मुत्रासयबाट पिसाब राम्ररी ननिखारिने समस्या हुन्छ I

यो समस्यालाई उपचार गर्ने बिकसित पद्धती (सर्जरी र औषधी) आज-भोली उपलब्ध भएता पनि यसको केहि हदसम्म रोकथाम उचित खान-पिन र जीवनसैलीमा सुधार गरेर पनि हुन् सक्ने देखिन्छ I बिसेस गरी सिस्नुको जरा, फर्सीको बियाँ, टमाटर, भटमास जन्य खानेकुरा यसका लागी लाभदायक मानिन्छन आफ्नो बजन सन्तुलन राखेर, बिसेसगरि ५० बर्षपछी आफ्नो प्रोस्टेटको आयतन र प्रोस्टेट इस्फेसिफिक एन्टीजेन (पिएसए)को डाकटरी जांचगराउनु अतिआव्स्यक छ I

भावनात्मक स्वास्थ्य
व्यक्तिमा उत्पन्न हुने भावनालाई उपयुक्त रुपमा व्यक्त गर्ने सामर्थ्य कस्तो छ त्यो भावनात्मक स्वास्थ्य संग सम्बन्धित हुन्छ I अर्थात् हामी दैनिक कति खुसी, दुखी, उत्साही वा बिरक्तिञ्छौ, त्यसले हाम्रो भावनात्मक स्वास्थ्य संग सम्बन्ध राख्छ I

भिटामिन डीको कमि सरीरमा हुँदा पनि डिप्रेसन हुन् सक्छ I
स्वास्थ्य मस्तिष्क
स्नायु प्रणालीको केन्द्रमा मस्तिष्क हुन्छ र यो एक ज्यादै जटिल अंग हो Iयधपी मस्तिष्क उमेरसंग सबै भन्दा कम बुढो हुने सरीरको अंग हो, बुढो हुदै जाँदा मस्तिष्कको निश्चित भाग खुम्चिन (स्रिंक) हुन् थाल्छ,
उच्च-रक्त चाप, मधुमेह जस्ता रोगहरुको असर पनि यसमा पर्दछ I
अल्जहाईमार’स डिजिज साधारण बुढेसकालको भुल्ने समस्या मात्र होइन, एक किसिमको रोग हो I पाको उमेरमा हुने यस्ता समस्याहरुलाई “डिमेनसिया” भनिन्छ

करिब ६५ बर्षपछी देखापर्नेएडिले हाम्रो स्मरण मात्र होइन, जीवनलाई नै धरासाही बनाउछ I लाखौ मानिसहरु यसको कारण जीवित भएर पनि मृत्य सरहको जीवन जिउन बाध्य छन I आजको संसारमा अरु रोगहरुबाट हुने मृत्य घट्दै गएको छ, तर एडीबाट हुने मृत्यु बढ्दो छ I डरलाग्दो कुरा के छ भने यो रोग लागेको थाहा हुनुभन्दा कैयन बर्ष अगाडी रोग लाग्न सुरु भै सकेको हुन्छ I यसबाट हुन् सक्ने आर्थिक भार अकल्पनीय हुन्छ, किनकी बिरामीको दैनिक जीवनका लागि रेखदेखकर्ता (केयर टेकर) को आवस्यक जीवनभर पर्दछ I बेसार, दालचिनी, मरिच, जस्ता मसला र अस्वगन्धा जडिबुटीको सेवन यसका लागी लाभदायक मानिन्छ I

स्वास्थ्य कलेजो
हामीले खाने कतिपय खानेकुराले कलेजोमा नकारात्मक असर पार्छन भने कतिपयले सकारात्मक Iहामीले खाने केहि खानेकुराहरुले कलेजोलाई स्वास्थ्य राख्न मद्धत पुर्याउ छन I तिनीहरु मद्धे लसुन, भोगटे, चुकंतर, गाजर, कागती, बन्दा र रायोको साग प्रसिद्ध छन I यसको विपरीत जब हामी अप्राकृतीक प्रोसेस गरेका खानेकुरा अधिक खान्छौ, हाम्रो कलेजो अस्वस्थ्य हुन् सक्छ I

स्वास्थ्य मुटु
मुटु सम्पूर्ण सरीरलाई रक्तसंचार गराउने केन्द्रिय ईञ्जिन हो र यसको सफल कार्य सम्पादन बिना जीवन सम्भव छैन I मुटु एक संबेदनशील अंग पनि हो, यसलाई मानिसको माँया, पीर, व्यथा बोक्ने ठाउ भनिन्छ I

हृदयरोगहरु आजको संसारमा एक प्रमुख स्वास्थ्य चुनौती बनेको छ I एउटा खाइलाग्दो देखिने जवानको मुटु बुढो भैसकेको हुन् सक्छ I आफ्नो उमेरभन्दा मुटु बुढो हुनु चिन्ताको बिषय हो I सेन्टर फर डिजिज कन्ट्रोलका (सीडीसी) अनुसार अमेरिकामा चार जना वयस्कहरु मद्धे ३ जनाको मुटु आफ्नो उमेरभन्दा बुढो हुन्छ I पहिला कुरा, मुटु रोगको जोखिम के के हुन्, त्यो थाहा पाउनु पर्छ I खाँदा, सुत्दा, बस्दा, रिसाउदा सधै आफ्नो मुटुलाई कस्तो असर पर्छ, त्यसको विचार गर्नुपर्छ I भन्नुको मतलब सकभर आफ्नो मुटुलाई सुरुक्क्षॆत राख्नु पर्छ, आफुभन्दा बुढो बनाउनु हुदैन I सीडीसीका अनुसार मुटुको उमेर ब्यक्तीको उच्च-रक्तचाप, मधुमेह, मोटोपन अनि धुम्रपानको अवस्थाले निर्धारण गर्छ I अधिक रिसाउने बानी छ भन्ने त्यसमा नियन्त्रण गरौ I

भोजनमा अधिक नुन, गुलियो, चिल्लो (अस्वस्थ्यकर चिल्लो) र रेसादार तत्वको कमी हुनु हृदय कम्जोर हुने वाताबरण तैयार गर्नु हो I मासुको अधिक सेवन हृदयरोगको एक प्रमुख कारण मानिन्छ I च्याऊ, अल्मंड, एभोकाडो, रातो वाइन, जैतुन (ओलिभ)को तेलहृदय मैत्री खानेकुरा हुन् I
बनस्पतिजन्य (साकाहारी) लाई प्राथमिकता दिने गरौ I सारीरिक रुपमा सक्रिय रहौ, धुम्रपान नगरौ I नुनको अधिक सेवन प्रती सचेत रहौ I आफ्नो बजन नियन्त्रण गरौ I सारीरिक सक्रिय मानिसमा हृदयरोग लाग्ने सम्भावना कम हुन्छ I हृदयरोगबाट बच्न दैनिक २-४ माईल हिड्ने गरौ I रिसाउने, अधिक चिन्ता लिने नगरौ I

बदलिएको छाला
चाउरिएको, फुस्रो, अनि सुख्खा छाला बुढ्यौलीका प्रतिक हुन I बुढो हुँदैजाँदा छाला पातलो हुने भएकाले स्पर्शको अनुभुतिमा पनि असर पर्छ I बाहिर मात्र होइन, सरीरभित्र हुने परिवर्तन छालाको रुप, रंगमा पनि प्रतिबिम्बित हुन्छ I अर्थात् छालाको रंग र आकृतिले हाम्रो आन्तरिक स्वास्थ्यलाई पनि संकेत दिन्छ I जस्तो कि पहेलो छाला देखिनुसंग कलेजोको बिरामी हुन् सक्छ I छाला सरीरको रक्क्षा कवच हो I यसले सरीरको तापक्रमलाई नियन्त्रण गर्छ I मानिसको बाहिरी सुन्दरता वा व्यक्तित्व यसैमा भरपर्छ I त्यसैले कसरी छालालाई बुढेसकालसम्म स्वास्थ्य र सुन्दर राख्ने यो सबैको सरोकारको बिषय बनेको छ I छालामा देखिने बुढोपन आन्तरिक (उमेर वा बंग्सानुको अनुसार हुने परिवर्तन) र बाहिय (सुर्यको विकिरण वा धुम्रपान आदी) दुवै कारणले हुन् सक्छ I स्वास्थ्य छालाका लागि उपयुक्त पोषक तत्वहरुको आवस्यकता पर्छ I

तनावरहित बुढेसकाल
युवाको स्ट्रेस आफ्नो पेशा, ब्यबसाय र पारिवारीक सम्बन्धका कारण बढी हुन्छ भने बुढेसकालको स्ट्रेस दीर्घरोग, अपांगता, परिवार गुमाउनु र एक्लो जीवन बिताउनु पर्दाको अवस्थाले हुन्छ I अधिक स्ट्रेसको असर हाम्रो आन्तरिक सरीरमा पर्छ I निन्द्रा नलाग्ने, पाचन (मेटाबोलिजम) अनि प्रतिरक्क्षा (इम्युन) प्रणालीमा यसको नकारात्मक असर देखिन्छ I जस्तो कि अधिक स्ट्रेसले कोलेस्टेरोल बढाउछ I

इनफ्लामेसन घटाऔ
कुनै चोटपटक वा संक्रमणका कारण सरीरको कुनै भाग सुन्निएर रातो तात्तिएर भएर वा तात्तिएर दुख्ने अवस्थालाई इन्फ्लामेसन भनिन्छ I अर्को शब्दमा घाउ लाग्दा वा जीबाणुबाट हुने संक्रमणको सरीरमा हुने पहिलो प्रतिक्रिया नै इन्फ्लामेसन होIउमेर बढ्दै जाँदा हामो सरीर भित्र नदुख्ने हल्का जिर्ण (क्रोनिक) इन्फ्लामेसन पनि बिकसित भएको हुन्छ I इन्फ्लामेसनबाट क्यान्सर समेत लाग्न सक्छ I
अधिक चिनी र स्याचुरेटेड फ्याटले इन्फ्लामेसन बढाउछ भने ओमेगा-३ भएका खानेकुरा (माछा, आलस आदी) ले इन्फ्लामेसनलाई घटाउछन् I यसका लागी हरिया साग जस्तै पालुंगो अनि फर्सी, सुर्यमुखीको बियाँ खाने गर्नुपर्छ I

बुढेसकालमा आध्यात्मिकता
अध्ययनहरुले के देखाउछ भने जुन समुदायमा आध्यात्मिकता वा स्पिरिचुवालीटिको अभ्यासले प्रधानता पाउछ, त्यो समुदायका मानिसहरु (५० बर्षभन्दा माथी) मा जीवनको सन्तुष्टि ज्यादा हुने गर्छ I धार्मिक/आध्यामिकताको अभ्यासले मानसिक स्वास्थ्य मात्र होइन, क्यान्सरका बिरामीहरुको सारीरिक स्वास्थ्य राम्रो बनाउन पनि सकारात्मक भूमिका खेल्छ I बुढेसकालमा गुमाउने कुराको महसुस धेरै हुन्छ I आफ्नो शक्ती बिस्तारै गुम्छ, जीवन साथी, वा अरु प्रियजन एकपछी अर्को गुमेको देख्नु वा भोग्नु पर्छ I यस्तो अवस्थामा आध्यात्मिकताको सहारा चाहिन्छ I दुखद घटनामा पनि बिरक्त नहुने, आफुलाई अरुले गरेको पीडा वा अनादरलाई पनि क्षमादिने र सुखद भबिस्यको आशा (होप) गर्ने जस्ता गुणको बिकाश आध्यात्मिक चिन्तनबाट मात्र सम्भब हुन्छ I

सहकार्यमा शक्ती
जीवको एकल अस्तित्व यो जगतमा सम्भव छैन, मात्र समग्रता (होलिसटिक) मा छ I अर्थात् कुनै न कुनै सहकार्य आवस्यक छ I धेरैजसो महत्वपूर्ण कार्य सहकार्य (सिनर्जी) बाट पुरा हुन्छ I सिनर्जी नै शक्ती अर्थात् इनर्जी हो, सबलता अनि सफलताको आधार हो I रोगलाई परास्त गर्न रसायनमा सिनर्जी चाहिन्छ I कुनै पनि जडिबुटी वा खानेकुराको सम्पूर्ण असर एउटा तत्वले मात्र भएको हुदैन I आज- भोली कतिपय विकासे जातका खानेकुरामा एक थरिका तत्वहरु बढाउने र अर्को थरी घटाउने गरेको पाइन्छ I यसको बिपरित हजारो बर्षको वाताबरणीय प्रभाबबाट उत्प्रेरित भएर बनेका तत्वहरुको संयोजन बढी सन्तुलित हुन् सक्छ, रोग निरोधक हुन्छ I यहा सबै (बुढो युवा संग, ठुलो सानो संग, तितो गुलियो संग, पुरुष महिला संग) मिल्नुको बिकल्प छैन I

जीवन एक इन्द्रेणी
आँसु छ, हाँसो छ I बालक छ र बृद्ध छ I छ भएर छैन, अनि हो भएर हैन छ I जब दुवै संगै छ भन्ने चेतना मानिसमा आउछ, जीवन जिउन सहज हुन्छ I बाल्यकालमा रुनु, हाँस्नु र निदाउनु सबैभन्दा सजिला कुरा हुन, भने बुढेसकालमा यिनै कुरा सबैभन्दा अप्ठ्यारा हुन I उमेरसंग यी तिनै कुराहरुको गहिरो सम्बन्ध छ I हाँसो पैसा नपर्ने प्राकृतिक औषधी पनि हो, यसलाई आझ-भोलि रोग-नियन्त्रण र उपचारमा बैकल्पिक औषधीको रुपमा (कम्प्लीमेनटरी मेडिसिन)को रुपमा समेत प्रयोग गरिन्छ, खासगरी स्मरण हराउने समस्याको निदानमा I हाँस्नु मात्र होइन, केहि हदसम्म रुनु पनि स्वास्थ्यका लागी लाभदायक छ I भनिन्छ रुँदा बग्ने आँसुले सरीरमा उत्पन्न विषाक्त तत्वहरु पखालेर लान्छ, अर्थात् स्ट्रेसलाई तह लाउछ I
राम्रो निद्रा पर्नु भनेको स्वास्थ्य हुने आधार तय गर्नु पनि हो I आनन्दीत जीवनको कल्पना मीठो निन्द्रा बिना गर्न सकिन्न I मिठो भोजन किन्न सम्भव छ, तर मिठो निन्द्रा छैन I वास्तबमा रुनु, हाँस्नु, जाग्नु र निदाउनु जीवनका सुन्दर पक्क्ष हुन I जसरी रुनुको महत्व हाँस्नुमा छन्, जाग्नुको महत्व निदाउनुमा छ I यसले जीवनलाई रंगीन बनाउछ, बिबिधता भर्छ I

महंगो लुगा लगाउँछौं तर सस्तो खानेकुरा खाइरहेका छौं
जीवन प्रसाईं
जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अलावामामा पढाउँछन् । उनले ९० को दशकदेखि जडीबुटी र खाद्यपदार्थद्वारा हुने रोग नियन्त्रण तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् । उनको पछिल्लो पुस्तक “सधैं तन्नेरी” शनिबार सार्वजनिक भएको छ प्रस्तुत छ पुस्तकसँग अन्तरसम्बन्धित रहेर उनीसँग गरिएको छोटो कुराकानीः
यहाँको अघिल्लो वर्ष प्रकाशित भएको ‘जीवन जिउने’ काइदाले निकै चर्चा बटुल्यो, अहिले पनि ‘सधैं तन्नेरी’ प्रकाशन गर्नु भएको छ यो कस्तो किताब हो ?
जीवन जिउने काइदामा समग्र कुराहरू समेटिएका थिए । सबैका लागि कसरी आफ्नो स्वास्थ्यप्रति संवेदनशील रहने भन्ने कुराहरूका त्यहाँ उल्लेख गरिएको थियो । कसरी स्वास्थ्यप्रति सचेत रहने भन्ने साधारण भन्दा साधारण कुराहरू त्यसमा समाविष्ट थिए । आहार–व्याहारका कुरादेखि घरेलू उपचार पद्दतीका आयामहरू त्यसमा समावेश थिए ।

‘सधैं तन्नेरी’ चाहिँ विषयवस्तुमा ज्यादा केन्द्रित छ । यो बुढेशकाललाई केन्द्रमा राखेर लेखिएको किताब हो । पछिल्लो समय समाजमा बुढेशकाललाई लिएर मानिसहरू चिन्तित हुन थालेका छन् । सधैं जवान देखिन र तन्नेरी भइरहन सबैलाई मन लाग्छ तर त्यसको तवर र तरिका मानिसहरूमा ज्ञान छैन । कसरी सधैं तन्ननेरी देखिन सकिन्छ भन्ने कुरा मसिनो गरी ‘सधैं तन्नेरी’मा उल्लेख गरिएको छ ।
पछिल्लो समय उमेर नपुग्दै बुढ्यौली देखिने समस्या पनि बढ्दै गएको पाइन्छ किताब त्यही समस्या र समाधानमा केन्द्रित छ हो ?
बूढो (एजिङ) हुने एक दिनको प्रक्रिया होइन, यो उमेरसँगै आउने शारीरिक, मानसिक र संवेगात्मक परिवर्तन हो । मानिसको एकै रातमा कपाल फूल्ने, आँखा नदेख्ने हुने, श्रवण शक्तिमा ह्रास आउने भन्ने हुँदैन त्यसका लागि लामो प्रक्रिया चाहिन्छ । बुढ्यौली लामो प्रक्रिया भएकाले त्यसलाई कम गर्न पनि लामो प्रक्रिया आवश्यक हुन्छ । जसरी मानिस छिट्टै बूढो हुन सक्दैन । ठीक त्यस्तै बुढ्यौलीलाई पनि मिनेटभरमा न्यूनिकरण गर्न सकिँदैन । बुढ्यौली निम्तनुको प्रमुख कारण शरीरको जैविक प्रकृया हो । सहायक कारण मानिसको जीवनशैली हो । उमेरसँगै जब हाम्रा इन्द्रीयहरूमा परिवर्तन देखा पर्न थाल्छ, कार्यक्षमता कमजोर हुन थाल्छ, त्यसपछि हामीलाई बुढ्यौलीले छोएछ भन्ने बुझ्नुपर्छ ।

शरीरका अंगप्रत्यंगहरू चुस्त छन्, बलिया छन् भने उमेर गए पनि हामीलाई खासै अप्ठेरो पर्दैन । मानिसको ‘क्रोमोलोजिक एज’ (जन्मेको आधारमा यति वर्षको भयो भन्ने अवस्था) मात्रै होइन प्रत्येक मानिसको आ–आफ्नै बायोलोजी हुन्छ । एक अध्ययनले के देखाएको छ भने २० वर्षमै पनि मानिसमा बुढ्यौली पन देखा पर्न सक्छ । त्यो व्यक्ति र ६० वर्षको बूढो मानिसमा केही भिन्नता नहुनसक्छ । शरीरको बाहिरी अवस्थाले मात्र बुढ्यौली निर्धारण गर्न सकिँदैन । जब शरीरका कोष तथा तन्तुहरूमा क्षयीकरण सुरु हुन्छ तब मानिसमा बुढ्यौलीपन देखापर्न सुरु हुन्छ । साधारणतया जन्मेको ३० वर्षपछि मानिसको शरीर भित्रको कोष तथा तन्तुहरूमा क्षयीकरण सुरु हुन्छ । कोष तथा तन्तुको क्षयीकरण सुरु भएपछि मानिसको दिमाखका कोषिकाहरू खुम्चने, मांसपेशीको आयातन घट्ने, हड्डी खुम्चने, कुप्रो पर्ने आदी समस्याहरू देखापर्न थाल्दछन् । त्यसकारण किताबको सार के हो भने बुढ्यौली अवश्यम्भावी कुरा हो । यो टार्न सकिँदैन तथापी स्वस्थ खानपान र आहारव्यहारले वृद्धावस्थामा पनि हामी तन्नरी हुन सक्छौँ, देखिन सक्छौं ।
किताबमा त्यस्ता कुरा उल्लेख छन्, जसले युवा अवस्थाकै बल बैंस र मांसपेसीको स्वरुपलाई फर्काउन सकिन्छ भन्ने होइन, कोष तथा तन्तुको क्षयीकरण रोक्न सकिन्छ । क्षयीकरणलाई स्वस्थ्यमा पनमा बदल्न सकिन्छ । आत्मा परमात्माले हामीलाई यस्तो किसिमको दिव्य ऊर्जा दिएको छ जसले केही क्षयीकरण भएता पनि हामी बूढो भइहाल्दैनौं । समस्या आइहाल्दैन ।
हाम्रो शरीरभित्रको यान्त्रिक जीवनलाई स्वस्थ राख्न पोषण अत्यावश्यक छ । पोषणले तन्तुहरूको क्षयीकरण रोक्छ । त्यस्तै हामीले आफूलाई शारीरिक, मानसिक, सिर्जनात्मक बनाइराख्नु पर्छ । यसैगरी सामाजिक काममा पनि आफूलाई सक्रिय राख्नु पर्छ । यसो गर्न सक्दा हामी सापेक्षिक रुपमा बुढेसकाल नआई हामीमा बुढ्यौलीपन देखा पर्दैन ।

बाहिर स्वस्थ र तन्दुरुस्त देखिने मानिसको भित्री अंग भने बूढो देखिन सक्छन् नि ?
राम्रो सन्दर्भ उठाउनु भयो, अमेरिका मुटुको समस्या भएको मुलुकमध्ये पहिलो नम्बरमा आउँछ । त्यहाँका चार जनामध्ये तीन जनाको मुटु आफ्नो उमेरभन्दा बूढो भएको पाइएको छ । यसबाट हामी के प्रश्ट हुनुपर्छ भने हाम्रा अंगहरू कुनै छिट्टो बूढो हुनसक्छन् कुनै ढीलो बूढो हुनसक्छन् ।
यसको कारणमध्ये खानपान पनि एक हो । जीवनमा हामीले सबैभन्दा बढी क्रिया गर्ने चिज नै खानपान हो । शरीरले सबैभन्दा बढी अन्तरक्रिया गर्ने नै खानेकुरामा हो । त्यसकारण पनि हामी यसमा सम्वेदनशील हुनैपर्छ । त्यसर्थ पनि हामीले पोषणमा ध्यान पुर्याउनु पर्छ । पोषण पनि बृहद् र सुक्ष्म गरि दुई प्रकारका हुन्छन् । प्रोटिन, कार्वोहाइड्रेट्स, चिल्लो पर्दाथ यी बृहद् पोषण अन्तर्गत पर्दछन् । त्यस्तै भिटामिन र खनिज पर्दाथहरू पदार्थ । शरीरलाई जुनबेला जे आवश्यक पर्छ त्यो प्राप्त भयो भने शरीरले राम्रो क्रिया गर्न सक्छ । त्यो पूर्ति भएन भने शरीरमा विभिन्न समस्या देखा पर्न थाल्दछन् ।

हाम्रोजस्तो मुलुकमा मानिसहरुले दुईछाक त राम्रो सँग खान पाउँदैनन् पोषणको पुर्ति कसरी गर्ने ?
हो समस्या छ, त्यसर्थ समाधान पनि छ । हाम्रो शरीरलाई चाहिनेजती पोषणयुक्त आहार व्याहार भएका खाद्यान्नको पर्याप्त उपलब्धता नहुन सक्छ । कर्णाली लगायतका केही अञ्चलामा भात खान चामलकै समस्या छ भन्ने पनि सुनिन्छ । त्यस्तो अवस्थामा स्वास्थ्यसम्बन्धि चेतना छ भने हामीले हामीसँग उपलब्ध स्रोत र साधनकै सदुपयोग गरेर पोषणको जोहो गर्न सक्छौं । जस्तै पहाडको पाखाबारीमा धान फल्दैन भने गहूँ, जौ, फापर फल्छ नि त्यसले पनि कार्वोहाइडड्रेटको परिपूरण गर्न सक्छ नि ! खानेकुरा धनी र गरिबले खाने छुट्टछुट्टै हुँदैन जहाँ जे पाइन्छ त्यसबाटै पोषणको पूर्ति गर्नुपर्छ । त्यसकारण पोषण व्यवस्थापन गर्ने चेतना हुनुपर्दछ । स्वास्थ्यमैत्री चेतना हुनुपर्यो । चामल नहुने ठाउँमा आलु फल्छन् । फापर फल्छन् ती चामल भन्दा कयौँ गुणा गुणस्तरीय चिज हुन् ।

हामीकहाँ त के देखिन्छ भने घरका छानामा फर्सि लडिरहेका छन् तर हामी बजारबाट बासी काउली किनेर खाने बानी लगाउँछौं । फापर कोदो बेचर चामल खरिद् गर्छौं यसैकारण पोषणयुक्त आहार व्याहारमा ह्रास आइरहेको छ ।
फेरि अभाव हुनेहरुमात्र बिरामी छैनन्, सबैचिज पुग्नेहरूले पनि स्वस्थकर खाना खाइरहेका छैनन् । यो बिडम्बना पनि हाम्रो बिचमा छ ।
त्यस्तै अर्को महत्वपूर्ण कुरा के छ भने हामी महंगो लुगा लगाउँछौं तर सस्तो खानेकुरा खाइरहेको हुन्छौं । जुत्ता ब्राण्डेड लगाउँछौँ तर सडकपेटीमा र अव्यवस्थित ठाउँमा राखिएको मासु तरकारी किनेर खाइरहेका हुन्छौं । किन आहार व्याहारमा जुत्ता किन्न जत्ति पनि सम्वेदनशील छैनौँ ? सस्तो बेसाहा पेटलाई मार ! यो उखान सबैले मनन् गर्नै पर्छ ।

स्वस्थ ठाउँमा पनि अस्वस्थकर, विभिन्न बिषादीहरु प्रयोग गरिएको खाद्यान्न तरकारीहरू बेच्न राखिएका हुन्छन् नि !
ठीक प्रशंग उठाउनु भयो ? हामी कहाँ सुपरिवेक्षण गर्ने कुनै संयन्त्र छैन । कसले केमा कति बिषादी प्रयोग गर्यो, त्यसलाई निरुत्साहित तुल्याउन के गर्नु पर्छ भन्नेमा कसलाई मतलव छैन । पछिल्लो समयमा देखिएको यो बिकराल समस्या हो । यो मैले जीवन जिउने काइदामा पनि उल्लेख गरेको छु । बिषादीले उपभोक्ताको स्वास्थ्यामा मात्र असर पुर्याउने होइन यसले प्रयोगकर्तालाई पनि असर पुर्याउँछ । त्यसकारण पनि प्रयोगकर्ता आफैं यसमा सचेत हुनुपर्छ ।

काउलीको थुंगामा जति बिष पर्छ त्यति कटहरमा नपर्न सक्छ र बिषमा मात्रा पनि कम हुनसक्छ यस्तै स–सानाकुरामा उपभोक्ता सचेत हुने हो भने त्यसबाट छुटकारा पाउन सकिन्छ ।
त्यस्तै नुनपानी, कागती पानी अथवा सफा पानीले पखालेर प्रयोग गर्दा पनि बिषबाट छुट्कारा पाउन सकिन्छ । दैनिक प्रयोग गर्ने चिजहरू उत्पादन भएकै ठाउँमा भएर किनेर प्रयोग गर्दा पनि बिषको न्यूनिकरण गर्न सकिन्छ ।

मासिक राशिफल

You Might Also Like