डा. केसीको समर्थनमा बालुवाटार घेर्न पुगेका एक दर्जन चिकित्सक प्रहरी फन्दामा

काठमाडौँ, साउन ४ – विभिन्न माग राख्दै अनसनरत डा.गोविन्द केसीको समर्थनमा उत्रिएका एकदर्जन भन्दा बढी चिक्तिसकलाई प्रहरीले पक्राउ गरेको छ ।

16071936_MG_5937

डा. केसीको समर्थनमा आज प्रधानमन्त्री निवास बालुवाटार घेर्ने क्रममा निशेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बद्री अर्याल, सागर पोखरेल, विसाद दाहाल, बिराट गौतम, आयुश अधिकारी, बिक्रम ओली, मिर्जा सिदेली, बिकाश शाह, प्रशन्न कार्की गबिन्द भण्डारी, यज्ञराज अधिकारी तथा उपेन्द्र अधिकारी लगायतका चिकित्सक तथा विवेकशील नेपाली दलका कार्यकर्ता रहेका छन् ।

16071936_MG_5946

मेडिकल शिक्षामा राजनीति घुसाएको भन्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा। गोविन्द केसी बिगत १० दिन देखि अनसन बस्दै आएका छन् ।

डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म आफूले अनसन नतोड्ने बताउँदै आएका छन् ।

केही समय देखि परिवर्तित नेपाली राजनीतिका बाबजुत पनि डा. केसीले सरकार परिवर्तन भएपनि आफ्नो अनसन नरोकिने बताएका थिए ।

You Might Also Like