१८ वर्षीय युवकले जर्मनीको सपिङ सेन्टरमा अन्धाधुन्दा गोली चलाउँदा ९ जनाको मृत्यु

काठमाडौँ, ८ साउन – जर्मनीको म्युनिखमा रहेको एक सपिङ सेन्टरमा भएको अन्धाधुन्ध गोलीकाण्डमा एक जना मात्रै संलग्न रहेको त्यहाँको प्रहरीले जनाएको छ।

gggg

सपिङ सेन्टरमा प्रवेश गरेका १८ वर्षका इरानी मुलका जर्मन नागरिकले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको जर्मन प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। घटनामा १६ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएर सर्वसाधारण नागरिकले हत्या गरेपछि आफूलाई गोली हानेका थिए। आक्रमणको उद्देश्य भने अहिलेसम्म स्पष्ट भएको छैन। यसअघि आक्रमणमा तीन जनाको संलग्नता रहेको आशंका गरिएको थियो। म्युनिखको व्यस्त सपिङ सेन्टरमा भएको आक्रमणपछि स्थानीय सरकारले म्युनिखमा आपतकालीन अवस्था घोषणा गरेको छ र आतंककारी विरुद्ध कारबाही अभियान सुरु गरेको छ।

प्रहरीका हेलिकप्टरले सुरक्षा निगरानी बढाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। प्रहरीले नागरिकलाई सार्वजनिक स्थानमा नजान आग्रह गरेको छ। शनिबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्ने छ। घटनापछि सार्वजनिक यातायात बन्द गरिएको छ।

Entertainment
  • No categories

You Might Also Like