कांग्रेस सांसद अमरेशकुमारले ‘प्रधानमन्त्रीको मानसिक अवस्था ठीक छैन’ भनेपछि संसदमा खैलाबैला

काठमाण्डौँ, साउन ८ – शनिबार भएको संसद बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सांसद अमरेशकुमारले प्रधानमन्त्रीको मानसिक अवस्था ठिक नभएको अभिव्यक्ति दिएका छन् ।

amre

कांग्रेस सांसद अमरेशकुमार सिंहले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर एमालेका सांसदले संसद भवनमा नियमापत्ति जनाएका थिए ।

अमरेशकुमार यादवले प्रधानमन्त्री बिरामी भएको र उनलाई दिइएको औषधीका कारण उनको मानसिकतामा प्रभाव परेको आरोप लगाए ।

उनलाई दिएको औषधीका कारण उनको मानसिकता ठिक नभएको आशयको वक्तव्य दिए लगत्तै संसदमा एमाले पक्षीय सांसदहरुले अमरेशकुमार यादवले माफी माग्नु पर्ने बताएका थिए ।

एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै उनको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएपछि एमाले सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर आपत्ति जनाएका थिए ।

अमरेशकुमार यादवले रोष्टमबाटै यो कुरा मैलेमात्र होइन, डाक्टरहरुले समेत प्रमाणित गरेका छन् भनेपछि एमालेका सांसदहरु झनै आक्रामक भए ।

सांसदहरुले बैठकमा उभिएर नै होहल्ला गर्न थालेपछि सभामुख ओनसरी घर्तीले सो विषय संसदको रेकर्डबाट हटाउने बताएपछि सांसदहरु चुप लागेका थिए ।

मासिक राशिफल

You Might Also Like