राहत र पुनःस्थापनाका कुनै कसर बाँकि नराख्न राष्ट्रपतिको निर्देशन

काठमाडौँ, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न प्राकृतिक प्रकोपबाट विस्थापित परिवारलाई राहत र पुनःस्थापनामा कुनै कसर बाँकी नराख्न सररकारसँग आग्रह गर्नुभएको छ ।
bb
राष्ट्रपति भण्डारीले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलसँग राष्ट्रपति भवनमा भेटी सो आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री रावलले केही दिनदेखि मुलुकका विभिन्न ठाउँमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट भएको क्षति तथा राहत र उद्धारमा सरकारबाट भएका कामबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको समेत उपस्थिति थियो । रासस

Entertainment
  • No categories

You Might Also Like