सवारी साधन कारबाहीबाट रु ३० लाख राजस्व

सल्यान, १५ साउन । आव २०७२/०७३ यहाँ १० हजारभन्दा बढी सवारीसाधनका धनीमाथि कारबाही गर्दा करिब रु ३० लाख राजस्व सङ्कलन गरिएको छ ।

saw
जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने १० हजार छ सय ३१ सवारी साधन कारबाहीमा परेका हुन् । गतभन्दा अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले राजस्व बढेको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीले जानकारी दिनुभयो । “चालक अनुमतिपत्र र ब्ल्यु बुक नबोक्ने, मापसे गरेर गाडी चलाउने, छतमा यात्रु राख्ने जस्ता ट्राफिक नियम विपरीतका कार्य गर्नेलाई हामीले कारबाही गरेका हौँ ”, केसीले भन्नुभयो ।

आव २०७१। ०७२ मा सवारी साधनको कारबाहीबाट रु १४ लाख ७१ हजार पाँच सय मात्र राजस्व सङ्कलन भएको थियो । सवारी साधनको चाप बढ्नु, ट्राफिक जाँचलाई कडाइ गरिनु जस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि भएको उहाँको भनाइ छ । सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।
ट्राफिक नियमका बारेमा विभिन्न विद्यालयका बालबालिका, सवारी चालक, गाडीधनी लगायतलाई सचेत पार्ने र ट्राफिक नियमसंँग सम्बन्धित सूचनापाटी राख्ने काम गरिएको केसीको भनाइ छ । “सम्भावित दुर्घटनाबाट जनताको ज्यान जोगाउनकै लागि हामीले छतमा यात्रु राख्ने, झुन्डिने, मोटरसाइकलमा तीन जना राख्ने र हेल्मेट नलगाई चलाउनेलाई कडा निगरानीमा राखेका छौंँ”, उहाँले भन्नुभयो । रासस

Entertainment
  • No categories

You Might Also Like