चिनियाँ नायिका झू झूसँग रोमान्स गर्दै सलमान खान

काठमाण्डौँ, साउन २६ –  बलिउड सुल्तान यानकी सलमान खानले आगामि फिल्म ‘ट्यूबलाइट’मा रोमान्स गर्ने अभिनेत्रीको अन्ततः टुंगो लागेको छ ।

zhu-zhu_sm_650_081016125418
कहिले दीपिका पादुकोण त कहिले कट्रिना कैफलाई सलमानको अपोजिट राखिने भन्ने खबरहरु आईरहेको बेला अब सलमानले चिनियाँ अभिनेत्री झू झूसँग रोमान्स गर्ने भएको हो ।
अभिनेत्री झू झू ले हालै लद्दाखमा सलमान खानसँग सुटिङको क्रममा खिचिएको फोटो इन्टाग्राम मार्फत शेयर गरेकी छिन् । ट्युबलाइटको सुटिङ अहिले लद्दाखमा चलिरहेको छ । उसो त झू झूले हलिउड फिल्म ‘साघाई कलिङ’, ‘द म्यान विथ द आईरन फिष्टस्’ मा मुख्य भुमिका निभाईसकेकी छिन् ।
कविर खानको फिल्म ट्युबलाइटमा क्रस बोर्डर स्टोरी रहको छ, जसमा भारतीय युवकको चिनियाँ युवतीसँग प्रेम हुन्छ ।

You Might Also Like