राखी सावन्तको पहिरनमा प्रधानमन्त्री मोदीको तस्बीर

काठमाण्डौँ, साउन २७ कन्ट्रोभर्सी क्वीन बलिउड आइटम गर्ल राखी सावन्त आफ्नै हर्कतका कारण भनौँ वा चर्चामा आउनको लागि विभिन्न हतकण्डा गर्ने गर्छिन् ।

bbb
लामो समयदेखि विवादित खबरबाट टाढा रहेकी यि आइटम गर्लले पुनः मिडियामा छाउने प्रयास गरेकी छिन् । एक कार्यक्रममा राखीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो प्रिन्ट भएको कपडा लगाएर हट रुपमा प्रस्तुत भईन् ।
उसो त मोदीको आफू निकै ठूलो फ्यान भएको बताउने राखीले लगाएको ड्रेसमा मोदीको अनुहार, हात जुन भागमा प्रिन्ट भएको छ त्यो निकै अश्लिल नै छ । बलिउड मिडियाले राखीको यस्तो हर्कत केवल मोदीको ध्यान आफूप्रति केन्द्रित गर्न भएको आरोप लगाएको छ ।
राखीले उक्त ड्रेस लगाएको तस्बीर इन्ट्राग्राममा समेत पोष्ट गरेकी छिन् ।

You Might Also Like