नेदरल्याण्डस सामु नेपालको फितलो प्रदर्शन, सबै विकेट गुमाउँदै ९५ रनको झिनो लक्ष्य प्रस्तुत

काठमाडौं, साउन २९ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले सबै विकेट गुमाउँदौ ३८.१ ओभरमा जम्मा ९४ रन मात्र जोड्न सफल भएको छ ।

ddff
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि अनिल कुमार मण्डल २०, शरद भेग्वाकरले १४, सोमपला कामीले १२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत भेट्न सकेनन् ।
नेपालका लागि ठूलो आशाको केन्द्र मानिएका कप्तान पारस खड्का गोल्डेन डक आउटमा नै पेभिलियन फर्किँदा नेपालको लागि ठूलो दुर्भाग्य सावित हुन पुग्यो ।

नेदरल्याण्ड्सकै मैदान नेदरल्याण्ड्सको टिमसँग भिड्नु नेपाली खेलाडीको लागि चुनौती नै रहेको थियो । सधैँ जसो ठूला प्रतियोगितामा नेपालको लागि सुरुवाती ओपनिङ नै कमजोर बन्ने क्रम नतोडिँदा नेपालमाथि नेदरल्याण्डको एकपक्षीय दबाब रहन पुग्यो ।

अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

मासिक राशिफल

You Might Also Like