मोदीको आश्वासन झुट ठहरिएपछि दार्जिलिङमा पुनः गोर्खाल्याण्ड आन्दोलन चर्किने

काठमाडौँ, ७ भदौ : स्वायत्त राज्यको लागि भारत पश्चिम बंगालको दार्जिलिङमा पुनः गोर्खाल्याण्ड आन्दोलन चर्किने सम्भावना बढेको छ।

गत असोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाल्याण्ड सम्बोधन गर्ने आश्वासन पाएपछि स्वायत्त राज्य गोर्खाल्याण्डको माग गर्दै दुई महिनादेखि जारी पदयात्रा रोकेर चुपचाप बसेको थियो।

गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेसनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलनका लागि पुनः तयार रहन सर्वसाधारणलाई आह्वान गरेपछि आन्दोलन चर्किने सम्भावना बढेर गएको हो।

गुरुङले ब्याक टु एजिटेसन भन्दै दार्जिलिङका नेपाली भाषी गोर्खालीहरुलाई आन्दोलनमा उत्रनका लागि तयार रहन आग्रह गरेका छन्। यक्षले अन्दोलनका लागि तयार हुन आह्वान गरेपछि दार्जिलिङमा हलचल नै मच्चिएको छ। लडाई दिल्लीसँग मात्र हो भन्दै गत वर्ष असोज १५ बाट गोर्खाल्याण्ड जनजागरण पदयात्र थालेको गोर्खा जनमुक्ति मोर्चाले प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटपछि धर्ना र पदयात्रा स्थगन गर्ने निर्णय गरेको थियो।

सहानुभूतिको आश्वासन पाएको मोर्चालाई पश्चिम बंगाल राज्य सरकारले जातीय रुपमा विभाजन गर्ने र गोर्खा टेरिटोरियल एडमिनिष्ट्रेसन (जिटिए)को अधिकार क्षेत्र मिच्ने काम भएको भन्दै गुरुङले डेढ महिनाभित्र जिटिए छोडेर आन्दोलनमा जाने बताएपछि गोर्खाल्याण्ड आन्दोलन सुरु हुन लागेको त्यहाँका सर्वसाधारणले बताएका छन्।अन्नपूर्णबाट

You Might Also Like