चर्चित गीत वारि जमुना पारि जमुनाका गायक गुरुङको ४२ वर्षको उमेरमा निधन

काठमाडौँ, ९ भदौ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको ४२ वर्षका उमेरमा आज निधन भएको छ ।

khem

कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको आज साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उहाँलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको स्व गुरुङका भतिजा रत्न गुरुङले राससलाई जानकारी दिनुभयो ।

 

गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उहाँहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ । स्व गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे ९लोकगीत० र घुमफिर लगायत लोक तथा लोक पप गीतका एल्बम बजारमा उपलब्ध छन् । रासस

You Might Also Like