अपडेट : बस दुर्घटनामा ज्यान गुमाउने २२ पुगे, १५ जनाको सनाखत नामसहित

चितवन, १० भदौ : नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।

bt

२२ जनामध्ये १५ जनाको सनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाएकाको शव भरतपुर अस्पतालमा राखिएको छ। १६ जना घाइतेको उपचार भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाएकाको नाम
रौतहट महमदपुर ८ का प्रमोद राम
लौकाहका राजेश यादव
कटहरीया ९ का वृजकिशोर कुसवाह
बसन्तपुर १ का गणेशमान साह
मुडवेलवा ६ का राजेशप्रसाद र चितरन्ज यादव
रौतहटका जोकु शाह, जोगेन्द्र गिरी, कामेश्वर प्रसाद शाह, शेख ताजित आलम, सचिन्द्र प्रसाद यादव
पोखराका चित्रबहादुर बोहरा
भारतका फेकन ठाकुर, शकंर ठाकुर र राम सागर भगत

Loading...
dupteswor

You Might Also Like